• काठमाडौ २०,फागुन । धेरै समय पछि पारिवारिक र धाराहिक सिरियलले टेलिभिजनका पर्दामा लरखराउन थालेको छ । कमेडी सिरियल हेर्दा हेर्दा वाक्क भएका नेपाली दर्शकलाई अहिले धाराबाहिक सिरियल ‘अधिकार’ले लोभ्याउन थालेको छ । नेपाल टेलिभिजन मार्फत हरेक हरेक शुक्रबार साँझ ७ः२५ बजे प्रसारण हुदै आएको सिरियलले चर्चा पाउन थालेको हो । नेपाल टेलिभिजन र राष्ट्रिय सुचना आयोगको संयुक्त प्रस्तुति रहेको धाराबाहिक सिरियलमा आफ्ना अधिकारका कुरा कसरी लिने भन्ने सन्देश दिन खोजेको सिरियल हो ।

    यो टेलिफिलम एकातिर मनोरञ्जन छ भने अर्कोतिरबाट जनचेतना फैलाउने हिसावले निर्माण गरिएको हो । यसमा बुढाबुढी देखि लिएर अहिलेका यूवायूवतीहरुलाई लक्षित गरेर निर्माण गरेका छौ । यसमा कथा ,कलाकार चयन देखि लिएर निर्माण गरेका छौ नेपाल टेलिभिजनका कार्यक्रम महाशाखाका प्रमुख माधव कार्की बताए । बिस्तारै अन्य चेतना मुलक सिरियल पनी थपिदै लैजाने उनले बताए ।

    लभ स्टोरीका साथै सन्देश मुलक सिरियल भएका कारण यूवापुस्तामा पनि लोकप्रियता भएको निर्देशक रमेश कोइरालाले बताए । कुनै अधिकार कसरी प्राप्त गर्ने र कहाँबाट सुचना लिने भन्ने बारे अभिनय मार्फत सन्देश दिन खोजेका हौँ,कोइरालाले भने । टेलि(चलचित्र भन्ने बित्तिकै म के चाहन्छु भने टेलि(चलचित्र हेर्नि आम दर्शकले रियालेटी पाओस यथार्थता पाओस । चाहे कमर्सियल उद्ेश्यले बनाएको किन नहोस त्यहाँ पनि सूचना,चेतना को गन्ध हुनु पर्छ । चेतना मूलक भए सूचना र मनोरन्जनले भरि पूर्ण होस जहा हास्य, रोदन का अतिरिक्त रोमान्च प्रेम देखियोस प्रेम बिना को संसार कल्पना पनी गर्न सकिदैन यसैलाई मसला बनाएर निर्माण गरिएको हो ।

    दर्शकले छोटो समयमै यति धेरै मन पराईदिनु भएको छ । मैले नयाँपन दिएका कारण पनि दर्शकले मन पराईदिनु भएको हुन सक्छ । मैले पुरानो शैलीबाट अलिक माथी उठेर दर्शकको चाहाना अनुरुप सिरियल बनाएको हुँ । दर्शकले रुचाइदिनुभएको छ । यसलाई अझ राम्रो बनाउदै लैजानेछु कोइरालाले भने । यस सिरियलमा रमेश बुढाथोकी ,रश्मी भट्ट,पवन केसी,संजय खतिवडा ,शिवसंकर रिजाल,जेएन घिमिरे,सनम कयात,सीपी पौडेल ,अमृता पाण्डे,पुजा गौतम लगायतको अभिनय रहेको छ । बिकास भनेको सहरिकरण मात्र होइन सही बिकास,सुचना र चेता पनी हो भन्ने सन्देश सिरियलको छ । कथा र निर्देशन रमेश कोइरालाको छ भने पटकथा र सम्बाद पवन केसीले गरेका छन् । मन मनमा र लिला ठुलो पर्दाको चलचित्र निर्देशन गरेका रमेश यतिबेला टेलिचलचित्रमा होमिएका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…