• मोरङ । निर्वाचित भएर आएपछि मोरङ पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरु नगरमा सुशासन, जनतालाई सहजता र वातावरण स्वच्छ बनाउने प्रयासमा निरन्तर लागिरहेका छन् ।
    नगरपालिकाको प्रमुख मोहन तुम्बापो नगरपालिकाको फजुल खर्च नियन्त्रण गर्ने प्रयासमा देखिन्छन् । पथरी नगर अस्पतालमा डिजिटल हस्ताक्षरको व्यवस्था, नगरका कर्मचारीहरुलाई सेवाभावले जनताको काम गर्न निर्देशन गर्दै आएको बुझिएको छ । नयाँ जनप्रनिधिहरु आएपछि जनताको जनरमा नकारात्मक प्रभाव परेका केही कर्मचारीहरुको राजिनामा र हैसियतभन्दा बढ्ता क्रियाशीलता देखाउने कर्मचारीहरु नियन्त्रणमा आएको देखिएको छ ।
    वडा नं. १ का जनप्रतिनिधिहरु र बिशेषत अध्यक्ष भीमकुमार राईको प्रयासमा नगरपालिकाको सदरमुकाम पथरी बजारलाई ट्राफिक जामरहित बजार, सफा सुग्घर, स्वच्छ वातावरण निर्माणको साथै सडक सुशासन कायम गर्ने प्रयार गरिरहेका छन् ।
    बढ्दो सहरीकरणसँगै पथरी बजारमा सडक जाम हुने, हप्तामा दुई पटक (आइतबार, बिहिबार) लाग्ने हटियाको दिन सडककै पसल राख्ने, घर अगाडि सडक अतिक्रमण गरेर पसल लगाउने, मुख्य सडकमा फलफूल लगायत बिभिन्न प्रकारको पसलहरु राख्ने चलन अझै रोकिएको छैन् । नगरपाकिाले गाडि पठाएपनि फोहोर मैला पैनी र सडकमा जथाभावि फाल्ने, बजार भित्र बंगुर, बाख्रा लगायतको चौपाया पाल्ने क्रम अझै बन्द भएको छैन । 
    पथरीशनिश्चरे नगरपालिकाको सदरमुकाम मात्र होइन, छिमेकी उर्लाबारी नगरपालिकाको मंगलबारे, लेटाङ नगरपालिकाको जाँते, लेटाङ, बेलबारीको पूर्बी भाग, कानेपोखरीको रमाइलो, जहदा, बिहिबारे लगायत क्षेत्रको ब्यापारिक केन्द्रको रुपमा रहेको पथरी अस्तब्यस्त भएको कारण वडा अध्यक्ष भीमकुमार राईको पहलमा ब्यबस्थित गर्ने प्रयास भइरहेको छ । 
    पथरी बजारलाई ब्यबस्थित गर्ने उदेश्यले करिव डेढ महिना अघि १ नं. वडा कार्यालयले वडामा रहेका बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, पथरी उद्योग वाणिज्य संघ, पथरी बजार ब्यबस्थापन समिति, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, सञ्चारकर्मीहरुको सर्वपक्षीय बैठक राखिएको थियो । बैठकले पथरीको बसपार्क, हलुका सवारी साधन, सिटी सफारी, ट्याम्पु लगायतको पार्क ब्यबस्थित गर्ने, मुख्य सडकको उत्तर दक्षिण ७५ फिट कायम गर्ने, बजार भित्र सडकमा राख्दै आएको पसलहरु हटाउने र अटेर गर्नेहरुको सामाग्री नगर प्रहरीले नियान्त्रण गर्ने निर्णय गरेको थियो ।
    सर्बदलीय, सर्बपक्षीय सोही निर्णय अनुसार वडा कार्यालयले सडकमा राखिएको सम्पूर्ण सामाग्री हटाउन ३५ दिने लिखित सूचना जारी गरेको थियो भने अडियो जिगंल बनाएर प्रचारप्रशार गरिएको थियो ।
    सूचना प्रकाशन गरेको ३५ दिन पुगेपछि बुधबार (पुस २०) पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देबिमाया काफ्ले, वडा अध्यक्ष भीमकुमार राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, सदस्यहरु सुरेश कार्की, पूर्ण कार्की, बसुन्धरा गुरुङ, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय पथरी, नगर प्रहरी, राजनीतिक दलका नेताहरु, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ, समाजसेवी प्रदिपकुमार राई, बजार ब्याबस्थापन समितिको अध्यक्ष राजेन्द्र गुरुङलगायतको उपस्थितिमा मुख्य सडक भित्र राखिएको पसलहरु हटाउनुको साथै बजार भित्र रहेको दिवा बसपार्क साबिकबाट पूर्बको साकेला थान नजिक र पश्चिमको पथरी खोला पश्चिम सारिएको छ ।
    बजार भित्र सडकमा राखिएको पसलहरु हटाइनुको साथै सडकको भाग रातो रेजा लगाएर छुट्याइएको छ । बजारको दिन सडकमा जथाभावि पसल राखिनुले मानिस छिर्नुसम्म समस्या पर्दै आएको थियो । 
    बुधबार जनप्रतिनिधि, प्रशासन र राजनीतिक दलका नेताहरुको टोली लागेर सडकमा पसल नराख्न, बजार भित्र पशु चौपाया नपाल्न र फोहोर मैला जथाभावि नफाल्न आव्हान गर्दै हटाउदै हिड्ने काम भएको छ ।
    पूर्बी मोरङको चार वटा पालिकाहरुको ब्यापारिक केन्द्रको रुपमा रहेको नगरपालिकाको सदरमुकाम पथरीलाई ब्याबस्थित गर्न सबै पक्षले सहयोग गर्न १ नं. वडा अध्यक्ष भीमकुमार राईले आव्हान गर्दै आएका छन् । 
    वडा कार्यालयको अगुवाइमा सूचना गर्ने, नगर प्रमुख मोहन तुम्बापो स्वयमको उपस्थितिमा चोकचोकमा डुलेर सडक सुशासन (सडकमा पसल नराख्न) कायम गर्न सबै पक्षलाई अनुरोध गरिएको छ । नगरपालिका, वडा कार्यालय र स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गरिए नगर प्रहरी लगाएर समान जफत गरेर कानूनी कारबाही गरिने कार्यपालिका सदस्य वीरध्वज शिवाको भनाइ छ । वडा कार्यालयले सुरु गरेको अभियान पथरी बजार, बजारबासीको लागि मात्र होइन नगरपालिकाकै असल कार्महरु मध्ये पर्ने भएकोले कार्यान्वयनको लागि सचेत नगरबासीहरुले सहयोग गर्न आवश्यक छ ।


सम्वन्धित समाचार

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…

मोरङ । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल (चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड …

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित एभरेष्ट आवासीय मावि बुद्धिचाल खेलमा अन्य स्कुलहरुलाई उछिन्दै राष्ट्रव्या…