• मोरङ । 

    मोरङको पथरीशनिश्चरेमा स्थापित नमुना घोषित पञ्चायत माविमा आजदेखि हप्तादिनसम्म खेलकुद कार्यक्रम हुने भएको छ ।
    पञ्चायत मावि १ नं. प्रदेश सरकारले नमुना घोषित गरेको विद्यालय हो । विद्यालयमा आज (आइतबार)देखि अतिरिक्त क्रियाकलाप अनुसार खेलकुद तथा गायत, नृत्य प्रतियोगिता हुने प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए ।
    विद्यालयमा फुटबल, भलिबल, क्रिकेट, कबड्डी कबड्डी, ट्रिपल जम्प, हाई जम्प, लङ जम्प, दौड, रिले दौड, चकजेट दौड, बेलुन ब्लाष्ट, हण्डी फुटाइ, म्युजिकल चेयर, छेलो, बुद्धिचाल लगायतको खेलकुद हुने बताइएको छ ।
    हाजिरी जवाफ, वाद विवाद, गायत, नृत्य लगायत २४ भन्दा बढी ईभेन्टमा प्रतियोगिता हुने भएको हो । नर्सरीदेखि कक्षा १२ सम्मको विद्यार्थीहरु सहभागिहुने पुरुष फुटबल १६ टिम  र महिला, पुरुष बलिबल, १२ टिम सहभागीहुने बताइएको छ । वादविवाद ‘वैदेशिक रोजगारभन्दा स्वदेशी रोजगार बेस’ भन्ने बिषयमा हुने भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको प्रअ बुढाथोकीले बताए ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…