• काठमाडौं, १ माघ

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६पुसमा बसेको प्रतिनिधिसभा बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् । कम्युनिस्ट आन्दोलनका पूराना नेता, माओवादीको जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

    प्रधानमन्त्रीले भने, ‘‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’

    पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताए । उनले ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको र पूराना शिक्षक साथीहरू र विद्यार्थी पनि देख्दा छुट्टै आत्मीयताको महसुस गरेको बताए ।  ‘अहिले ४६ वर्षपछि गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा भएको छु,’ उनले भने, ‘बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास मेरो प्राथमिकतामा छ । म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ ।’

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…