• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पञ्चायत माविमा भएको खेलकुद सप्ताह सुक्रबार समापन भएको छ ।
    अतिरिक्त क्रियाकलाप अनुसार माविमा आइतबरदेखि सुक्रबार सम्म खेलकुद सप्ताह भएको थियो ।
    सुक्रबार भएको पुरुषतर्फ फुटबल प्रतियोगितामा कानुन÷फाइन आर्ट पढ्ने कक्षा ११, १२ र अज्रेजी माध्यममा पढ्ने कक्षा १० वीच फाइनल खेल भएको थियो । फाइनल प्रतियोगितामा कानुन, फाइन आर्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि अंग्रेजी माध्यम कक्षा १० का खेलाडि विद्यार्थीहरुले उचालेको छ ।

    उपाधि बिजेता कक्षा १० को लागि भिषन राई एक्लैले ४ गोल गरेका थिए भने उपबिजेता टिमबाट योमन राई र समिर राजवंशीले २ गोल फर्काएका थिए । पुरुष तर्फको फुटबलमा १६ टिम सहभागी भएको थियो ।

    भलिबलको पुरुषतर्फ व्यवस्थापन संकायका ११ र १२ वीच भएको फाइनल प्रतिस्र्पामा कक्षा १२ बिजयी भएको थियो ।
    त्यसैगरी महिलातर्फको भलिबल खेलमा बिज्ञान संकायको ११ र १२ लाई पराजित गर्दै व्यवस्थापनकै कक्षा ११ बिजयी भएको छ । भलिबल महिलातर्फ ६ र पुरुषतर्फ १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
    हाजिर जवाफ प्रतियोगितामा विज्ञान कक्षा १२ प्रथम, विज्ञान ११ दोस्रो भएका थिए । त्यसैगरी ‘वैदेशिक रोजगारभन्दा स्वदेशी रोजगार बेस’ भन्ने शीर्षकमा भएको वादविबाद प्रतियोगितामा विज्ञान कक्षा १२ (बी)मा अध्ययनरत स्वीकृति राई प्रथम, विज्ञान (डी) कक्षा ११ को युगलकिशोर अधिकारी दोस्रो, सोही कक्षा (डि)को अरुण कोइराला तेस्रो, विज्ञान संकाय कक्षा १२ (ए) कि लियोना भट्टराई र कक्षा १० कि गंगा भण्डारी सान्वना पुरस्कार प्राप्त गरिन ।

    विद्यालयमा फुटबल, भलिबलको साथै क्रिकेट, कबड्डी कबड्डी, ट्रिपल जम्प, हाई जम्प, लङ जम्प, दौड, रिले दौड, चकजेट दौड, बेलुन ब्लाष्ट, हण्डी फुटाइ, म्युजिकल चेयर, छेलो, बुद्धिचाल लगायत २४ इभेन्टको खेलकुद प्रतियोगिता भएको विद्यालयको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए । सुक्रबार भएको पुरस्कार वितरण कार्यक्रममा बुद्धि विद्यालयको सहायक प्रधानाध्यापक बुद्धिनाथ अधिकारी, शिक्षक नरेश राई लगायतबाट भएको थियो ।
    बिद्यालयमा हाल प्ले ग्रुपदेखि कक्षा १२ सम्मको ३२ सय बिद्यार्थी अध्ययनरत रहेका छन् । पञ्चायतमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, ब्यबस्थापन, मानवीकि बिषयमा पढाइहुँदै आएको छ । स्कुलमा कानून, पत्रकारिता, ललितकला लगायतको बिषयमा पठनपाठनहुँदै आएको सहायक प्रअ बिना राईले बताए ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…