• मोरङ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ पनि कुनै सिट नजितेपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीवीच एकताको लागि पुन बहस सुरु भएको छ ।
    अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एउटा सिट जितेर प्रदेश सरकारमासमेत गएको कुमार लिङ्देन (मिराक) नेतृत्वको संलोरामले यो पाटक एउटै सिट जित्न सकेन । दापसहितको खुकुरी निर्वाचन निन्हमा संलोरामले २६ हजार ५३१ भोट ल्याएर १ नं. प्रदेशको सातौ पार्टी बनेपनि थ्रेसहोल्ड नकटेपछि सांसद भने जित्न सकेन ।
    पहिचानको राजनीतिक गर्दै आएको अर्को पुरानो पार्टी राष्ट्रिय जनमुक्ति पार्टीले समानुपातिकमा प्रदेशमा ५ हजार ९३७ मात्र मत प्राप्त ग¥यो । 
    समानुपातिकमा समेत एउटै सिट नजितेपछि लिम्बुवानको मुद्धा उठाउदै आएको लिङ्देन नेतृत्वको संलोरामु बारे बिभिन्न खाले टिप्पनी चलिरहेको बेला राष्ट्रिय जनमुक्ति पार्टीले संलोरामसँग एकताको औपचारिक प्रस्ताव पठाएको छ ।
    राष्ट्रिय जनमुक्ति पार्टीपार्टीको अध्यक्ष केपी पालुङ्वाले पुस २८ गते (बिहिबार) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पत्र पठाएर पार्टी एकताको प्रस्ताव गरेको हो । जनमुक्ति पार्टीले केशव सुर्यवंशीलाई वार्ता टोलीको संयोजक तोकेर एकता प्रस्ताव पठाएका हुन् ।
    जनमुक्तिको औपचारिक पत्र आएपछि एकता बारे चाँडै बैठक बसेर सो बारे निर्णय हुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको महासचिव अशोक चेम्जोङ लिम्बूले बताए । यद्यपि पार्टी एकता बारे संलोराम भित्र दुई धार देखिएको बुझिएको छ । संलोराम भित्र बहुमत पक्ष विचार मिल्ने पार्टीहरुसँग एकता गर्दै अघि बढ्नु पर्ने पक्षमा रहेको बुझिएको छ । उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङ लगायत बहुमत पक्ष पार्टी एकताको पक्षमा रहेको बुझिएको छ ।
    एकता अध्यक्ष कुमार लिङ्देन भने एकता गरिहाल्ने पक्षमा नरहेको स्रोतले बताए । अध्यक्ष लिङ्देनसँग फोन सम्पर्क नभएपछि सो संगठनका बिभिन्न ब्यक्तिहरुसँग कुरा गर्दा तत्काल एकताको पक्षमा नरहेको जानकारी दिए ।
    जनमुक्ति पार्टीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई निर्वाचन अघि पनि एकताको प्रस्ताव राखेको थियो । निर्वाचन अघि रेशम चौधरी लगायतको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि एकताको लागि पत्र पठाएको बताइएको छ । अध्यक्ष लिङ्देनकै कारण जनमुक्ति लगायतको पार्टीहरुसँग एकता गर्न नमानेको श्रोतले जनाएको छ । 
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भित्र विचार मिल्ने पार्टीहरुसँग बृहत एकता गरेर जानुपर्ने बहुमत पक्ष रहेको बताइएको छ । जनमुक्ति, नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र छाडेका गोपाल किराती, दिनेश राजवंशी नेतृत्वको कोचिला मुक्ति मोर्चा लगायतका संगठनहरुसँग छलफल भइरहेको बताइएको छ ।
    लिम्बुवान मात्र भनेर बस्ने भन्दा विचार मिल्ने पार्टीहरुसँग बृहत एकता गरेर नयाँ ढंगको आन्दोलन गर्नुपर्ने मत संलोराममा बलियो रहेको श्रोतको दाबि छ । अध्यक्ष कुमार लिङ्देन भने पार्टीले सानो सानो आन्दोलन गरिरहनुपर्ने निर्णायक आन्दोलन गर्न पनि नदिने, पार्टी एकता पनि गरिहाल्ने पक्षमा नदेखिदा संगठनमा सम्बद्ध कार्यकर्ताहरुमा निराशा पैदा भइरहेको श्रोतको भनाइ छ ।

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …