• मोरङ । प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ नव बर्ष बनाउने क्रममा किरात राई यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्न र रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् ।
    किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले आज (आइतबार) पथरी साकेला थानमा आयोजित यले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा माघे संङ्क्रान्ति कार्यक्रममा सो कुरा बताएका हुन् ।
    किरात नाम साम्प्रदायिक नभएर कैलाश, कैरातहुँदै किरात भएकोले यो नामले प्रदेशबासीको भावना समेटिने तर्क प्रस्तुत गरे । किरात इतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा प्रस्ताव गरिएको भन्दै १ नं. प्रदेश सभा र सरकार तयार हुनुपर्ने नेताहरुले बताए ।
    बक्ताहरुले रेशम चौधरीको बिनासर्त रिहाइ गरिनुपर्ने बताएका छन् । प्रधानमन्त्री र पूर्ब प्रधानमन्त्रीहरुकै भनाइ अनुसार रेशम चौधरीलाई हालसम्म अन्ययपूर्ण रुपमा थुनामा राखिएको बक्ताहरुको भनाइ थियो । कैलालाी घट्ना स्थलमा रेशम चौधरी नभएको लाल आयोगको प्रतिवेदन लुकाएर राज्य आफैले चौधरीलाई अन्यय गरेको बक्ताहरुको आरोप थियो ।
    कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले छोटो शुभकामना दिने क्रममा नेपाल सबै जातजातिको साझा फूलबारी भएकोले एक आपसमा प्रेम भाव र सबैको भावनाको इज्जत, सम्मान गर्नुपर्ने बताए । नगरमा भएका सम्पूर्ण जातजाति र भाषाभाषीको बिकासको लागि पथरीशनिश्चरे नगरपालिका तयार रहेको प्रमुख तुम्बापोको भनाइ थियो ।
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहाचिव अर्जुन जम्नेली राई, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम, १ नं. वडा अध्यक्ष भीमकुमार राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
    यायोक्खा पथरीशनिश्चरे नगर समिति अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा प्रथम हाङ यलम्बरको मूर्तिमा मालाअर्पण, हण्डिफोर, म्युजिकल चेयर्स, बेलुन फुटाइ खेलमा प्रतिस्पर्धा गराउनुको साथै बृद्धाबद्धालाई सम्मान, चियापान र साकेला नृत्य प्रस्तुत भएको थियो ।
    हण्डिफोर खेलमा गजेन्द्र राई, म्युजिकल चेयर्समा कला राई र बेलुन फुटाइ खेलको प्रथमहुने बिकिसा राईलाई पुरस्कार प्रदान गरिएको थियो । सचिव निर्माला राईले सञ्चालन गरेको कार्यक्रमा उपाध्यक्ष प्रेम चाम्लिङ राईले स्वागत गरेका थिए ।
    यसैवीच आजै किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई सम्मान गर्दै यले नयाँ बर्ष मनाएका छन् । राई समुदायबाट बिजेता सांसदहरुलाई सम्मान पत्रले सम्मान गर्नुको साथै प्रदेश १ को नाम किरात राख्न वातावरण बनाउन अनुरोध गरिएको यायोक्खा महासचिव भीम राईले बताए ।
    पूर्बी नेपालमा बसोबास गर्ने किराती समुदायले माघ १ लाई यले संवतको नयाँ बर्ष मनाउदै आएको छ । यलम्बर किरातकलीन साशन कालको प्रथम हाङ (राजा) अर्थात वर्तमान नेपालको संस्थापक हुन् । यलम्बरले सुरु गरेको सम्बतलाई यले सम्बतको रुपमा मान्दै आएको छ । यले सम्बत आजदेखि ५०८३ लागेको छ । किरात राई, लिम्बू, याक्खा, सुनुवार, सुरेल, जिरेल, थामी र सन्थाल लगायतले यले सम्बद्धलाई मान्दै आएका छन् । 


     

सम्वन्धित समाचार

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…

मोरङ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ नं. वडामा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वनको छ जना पू…

मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका ४ नं. वडा समितिको दोस्रो सम्मेलनले अमर बराइलीको अध्य…