• उर्लाबारी । बनभोज खान र नया नया ठाउ घुम्न रुचाउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि नया गनतव्यका रुरुपमा रहेको लामपाते सिमसारमा पूर्वी मोरङ्गको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    विभिन्न प्रकाररका जलचर चराचुरुङगी, बन्यजन्तुहरुको बासस्थानका रुपमा रहेको उर्लाबारीको घुम्नै पर्ने स्थान मध्येको लामपाते सिमसारमा शनिबार क्वलवले आफ्नो १९ औँ साधारणसभा समपन्न गरेको छ । सिमसार पुर्वपश्चिम राजमार्ग देखी १ किलोमिटर उत्तरमा सालबारी सामुदायिक वनक्षेत्र भित्रको सुनझोडा खोला किनार सगै रहेको छ । शनिवार समपन्न् कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले सञ्चार क्षेत्रको विकासमा स्थानिय तह प्रतिवद्ध रहेको बताए । क्लबले नगरपालिकाको वृद्धि विकासमा अतुलनिय भुमिका खेलेको भन्दै उनले क्लबको प्रशंसा समेत व्यक्त गरे ।

    उनले सार्वजनिक चासोको विषय, सत्यतथ्य विषयहरु देखि लिएर विविध सूचनाहरु सम्प्रेषणमा अझ सशक्त भएर कलम चलाउन शुभकामना दिदै लामपाते सिमसारको विकास र प्रवर्धनका लागि नगरपालिकाले गुरुयोजना तयार गरी उत्कृष्ट पर्यटकीय स्थल बनाउने आश्वासन समेत व्यक्त गरे । कार्यक्रमको विशिष्ट अतिथि नगरपालिकाका पुर्व मेयर खड्ग फागोले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा विकास निर्माण स्थानिय तहले गर्ने र त्यसको अनुगमन र पारदर्शीताका बारेमा संचार क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए । उनले पछिल्लो समय लाम्पाते सिमसार ओझेलमा परेको भन्दै लामपातेको प्रचारप्रसारमा सवै जना लाग्न सके उर्लाबारीमा आगन्तुकहरुको चहलपहल बढ्ने बताए ।

    यस्तै आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मिना खतिवडा पौडेलले क्लबको उन्नतिमा नगरपालिकाले ध्यान दिएको बताएकी छिन् । उनले क्वलबको भवन निर्माणमा नगरपालिकाले बजेट विनियोजन गरेको बताईन् । यस्तै उनले क्लबको साधारणसभा लाम्पाते सिमसारमा आयोजना गरेर प्रवर्धन गरेकोमा धन्यवाद समेत व्यक्त गरिन् । कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ मोरङ्ग जिल्ला अध्यक्ष सन्जिव खनालले स्थानिय स्तरका सञ्चार माध्यमलाई प्रवर्द्धन गर्न स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

    उनले नगरपालिकाले श्रमजिवी प्रत्रकारहरुको आर्थिक उन्नयनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा वडा नम्बर ७ की वडा अध्यक्ष उर्मीला थापा, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी,उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, उर्लाबारीका राजनितिक दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल लगायतले आ-आफ्नो धारणा सहित मन्तव्य राखेका थिए । क्लबका महासचिव विजय धिमालले संस्थाको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष पुजन दासले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष मदनबाबु प्रसाइँले राखेका थिए । उक्त अवसरमा क्लबले वनभोज कार्यक्रम समेत आयोजना गरेको थियो । वि.सं. २०६० सालमा स्थापना भएको उक्त क्वलबमा ५६ जना संचारकर्मीहरु आबद्ध रहेका छन् ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…