• मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजको बर्ष २०२२ कार्यसतिले आज (सोमबार) पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरि नयाँ समितिलाई जिम्मेवारी दिएको छ ।

    पथरी जेसीजको निवर्तमान अध्यक्ष अनिता राई (अनु)ले बर्ष २०२३ को नव निर्वाचित अध्यक्ष सुवर्ण खत्रीको टिमलाई पद हस्तान्तरण गरेको छ ।
    पथरी जेसीजको ११ औ शाखा अधिवेशनले बर्ष २०२३ को लागि अध्यक्षमा खत्रीको साथै कार्यकारी उपाध्यक्षमा काशीहाङ राई, टेकनाथ तिम्सिना, उपाध्यक्षहरुमा सागर थापा, अमर महरा, गङ्गराम साह, कृष्णकुमारी राई, सचिवमा नगेन्द्र घिमिरेलाई सर्वसहमत निर्वाचित गरेका थिए । 
    नव निर्वाचित समितिले जेसीजको विधान बमोजिम महासचिवमा अनोज घिमिरे, कानुनि सल्लाहकारमा राजकुमार बिक, कोषाध्यक्षमा उज्वल लकान्द्री, तालिम संयोजकमा सुमन कुरुङवाङ, जनसम्पर्क अधिकारीमा सबिन तामाङलाई मनोनयन गरिएको थियो ।
    त्यसैगरी प्रकरण निर्देशकमा सुमन फुयाल, खेलकुद संयोजकमा गिरिस साम्बालाई जिम्मेवारी दिइएको छ । जेजीस बर्ष २०२३ का लागि जनक पोख्रेल, निता कुलुङ राई, एन्जिला गिरि, निर्मला भट्टराई, सिरिष बोगटी, नारायण दाहाललाई बिभिन्न जिम्मेवारीसहित पद तथा गोपनियताको शफत खुवाएर पद हस्तान्तरण गरिएको थियो ।
    कार्यक्रमको प्रमुख अथिति १ नं. प्रदेश सभा सदस्य गीता तिम्सिनाले पूर्ब पदाधिकारीलाई धन्यवाद र नयाँ पदाधिकारीहरुलाई शुभकामना दिदै आफू राजनीतिक संघर्षको कठिन परिस्थितिमा स्थापित भएको बताउदै युवाहरुको लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
    कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष स्वस्तिका आचार्य, पथरी जेसीजका पूर्व अध्यक्षहरु, पूर्बी नेपालमा रहेका बिभिन्न शाखाका अध्यक्ष÷प्रतिनिधिहरु सहभागि रहेका थिए ।
    युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उदेश्यको स्थापित जेसीज अन्तराष्ट्रिय सञ्जाल रहेको संस्था हो । जेसीजको पथरी शाखा गठन भएपछि सरसफाइ, सडकमा जेब्रा क्रसिङ बनाउने, ब्लड डोनेसन लगायतको सामाजिक तथा खेलकुद कार्यक्रमको साथै बिभिन्न तालिमहरुको आयोजना गर्दै आएको छ ।

    विचार राख्दै कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य गीता तिम्सिना

सम्वन्धित समाचार

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…