• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले ५ वटा निर्णयहरू पारित गरेको छ । 
    नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले काठमाडांैबाट पोखरा गएको हवाइजहाज दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा पर्न गएको अपुरणीय क्षतिप्रति भावपूर्ण समवेदना प्रकट गर्दै नगरपालिका र मातहतका कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । 

    यस्तैगरी २०७९ साल माघ ९ गते नगरसभाको तयारी स्वरुप कार्यपालिकाको बैठक बस्ने, विपत व्यवस्थापन विधेयक नगरसभामा पेश हुने गरी पारित, निमावि र माविमा अध्यापन गराउनुहुने सहयोग अनुदानका शिक्षकहरुलाई नगरपालिकामा सहमति भए बमोजिमको तलब व्यवस्थापन गर्ने र पेश भए बमोजिम संसोधित बजेट तयारीको लागि कार्यपालिकाले कार्यालयलाई जिम्मेवारी प्रदान गर्ने लगायतका निर्णयहरु पारित गरिएको प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

आजमिति २०८० साल फागुन १० गते तदअनुसार फ्रेब्रुअरी २२,  सन्  २०२४   …

आजमिति २०८० साल फागुन ९ गते तदअनुसार फ्रेब्रुअरी २१, सन् २०२४ बुधवार, शुक्लपक्षको द्वादशी/त्रयोदशी तिथि, प…

 मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन…

आजमिति २०८० साल फागुन ०३ गते तदअनुसार फ्रेब्रुअरी १५, सन् २०२४ विहिवार, शुक्लपक्षको षष्ठी विहान १०:२७ सम्म…