• मोरङ । 

    मोरङको पथरीशनिश्चरेमा २ नं. वडामा भइरहेको खेलकुद सप्ताह कार्यक्रममा फुटबलतर्फ देविगञ्ज र बुद्धचोक दोसो चरणमा प्रवेश गरेको छ ।
    आज भएको पहिलो खेलमा देविगञ्जले प्रगति टोललाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । देविगञ्जको लागि एलन राई र नलेज राईले २–२ गोल गरे भने प्रगति टोलको तर्फबाट मन क्षेत्रीले १ गोल फर्काएका थिए । खेल विजेता टिमका एलन राई सो खेलेको म्यान आफ द म्याच घोषित भएको खेल कमिसार बिक्की राईले बतााए ।
    आजै भएको दोस्रो खेलमा बोक्रेचोकलाई ३–२ गोल अन्तरले पराजित गर्दै बुद्धचोक प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलको म्यान आफ द म्याच बुद्धचोक टिमको बिनायक लिम्बू घोषित भए । म्यान आफ द म्याचको ट्रफी वडा अध्यक्ष नैना राईको हातबाट प्रदान गरिएको थियो । सप्ताह अन्तरर्गत फुटबलतर्फ ८ वटा टोलबाट सहभागी रहेका छन् ।
    सप्ताह अन्तरगतको नगर स्तरीय क्रिकेटतर्फ वडा नं. १ र ३ वीच फाइनल हुने भएको छ । बुद्धिचाल खेलतर्फ बिक्रम राई, क्रिस लिम्बू र सागर लिम्बू क्रमस प्रथम, दोस्रो र तेस्रो भएको आरबिटर सागर सम्बाले बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…