• मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिको आज १८ औं बार्षिक सधारण सभामा सातभन्दा बढीलाई सम्मान तथा पुरस्कार प्रदान भएको छ ।
    उर्लाबारी मंगलबारे स्थित बेतेनी सिमसारमा वनभोजसहित आयोजिते साधारण सभामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा र संगठनको अध्यक्ष गणेश बाछाना राईको सभापतित्वमा कार्यक्रम भएको थियो ।
    संगठनले कन्तुर बहुउदेश्यीय सहकारी संस्था लि.को संस्थापक अध्यक्ष जनक पोखरेललाई सहकारी संस्थाको संस्थापक अध्यक्षको रुपमा सम्मान गरिएको थियो । मोरङ जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.को बरिष्ठ उपाध्यक्ष एकराज निरौला र सोही संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक बिना राई सहकारी अभियान निरन्तरता सम्मानले सम्मान गरिएको थियो ।
    आरति सहकारी संस्थाका कर्मचारी चण्डिका बराल, मनकामनाका पार्बता बुढाथोकीलाई कर्मचारी निरन्तरता सम्मान, उत्कृष्ट बचत कर्ता आरति सहकारीमा कार्यरत होमकुमारी तिवारी, उत्कृष्ट ऋण कारोबारमा बिशाल बचत तथा ऋण सहकारी संस्थाका अर्पणा देवानलाई कदर पत्र प्रदान गरिएको थियो । 
    पथरीशनिश्चरे नगरमा रहेर २०७९ भदौदेखि मंसिरसम्म नयाँ निर्वाचित पाँचवटा सञ्चालक तथा लेखा समितिलाई बधाई शुभकामना पत्र प्रदान गरिएको थियो । 
    संगठनको आर्थिक बर्ष २०७९÷०८० को कार्ययोजना सचिव कल्याण बजगाई र कोषाध्यक्ष ईन्दिरा बुढाथोकीले आर्थिक प्रदेवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा प्रमुख अतिथि रमेशप्रसाद पोखरेल, पथरीशनिश्चरे नगरका निवर्तमान प्रमुख दिलिपकुमार राई, सहकारी समन्वय समिति पथरीशनिश्चरे नगर अध्यक्ष युवराज भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रदेश सहकारी संघको अध्यक्ष डिल्लि पोखरेल, कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष प्रेमप्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो । पथरीशनिश्चरेमा सहकारीमा कार्यरत कर्मचारी १३९ जना रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

    नेपालमा आर्थिक संकट टर्दै गएको राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष पोखरेलको भनाइ

    नेपालमा आर्थिक संकट टर्दै गएको राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले बताएका छन् ।
    सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगरसमितिमो आइतबार भएको १४ औं बार्षिक साधारण सभामा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।
    नेपालमा तीन खम्बे अर्थ नीति अनुसार सहकारी संस्थाहरुको कारण भारत, अमेरिकाको तुलनामा नेपालमा आर्थिक संकट कम भएको पोखरेलको दाबी थियो । नेपालमा निक्षेप कम भएपनि बचत कम नभएको उनको भनाइ थियो । 
    सहकारी संस्थाले नेपालको बार्षिक बजेटको २० प्रतिशत योगदान गरेको अब ३३ प्रतिशत पु¥याउनु पर्ने बताए । नेपालमा हाल ७४ लाख सदस्य रहेको चाँडै एक करोड पु¥याउनु पर्ने पोखरेलले बताए । 
    सहकारीका सदस्य र सहकारी संस्थालाई उत्पादन, भण्डारण र बजारको व्यवस्थापन गर्दै विदितिकरण गर्नुपर्ने उपाध्यक्ष पोखरेले बताए । उनले केही दिन अघि मात्र सहकारी बैंकमा एकै दिनमा ९० करोड निक्षेप संकलन भएको उल्लेख गर्दै यो आर्थिक संकटको समस्या कम हुने संकेतको रुपमा लिनुपर्ने बताए । 

सम्वन्धित समाचार

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…

इलाम । इलाम—२ मा बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्…