• काठमाडौं । किरात राई समुदाय भित्रको बायुङ र बाहिङ लेख्ने दुई संस्थावीच राष्ट्रिय तथ्यांक कार्यलयको समन्वयमा औपचारिक छलफल भएको छ ।
    एउटै भाषा बोल्ने समुदाय बायुङ र बाहिङ लेख्ने समुहवीच छुट्टाछुट्टै संस्था गठन गरेर आ–आफ्नै तर्क अघि सार्दै आएका छन् । 
    बायुङ लेख्ने समुहले किरात बायुङ राई सुम्निखिम गठन गरेका छन भने बाहिङ लेख्ने समुहको बाहिङ मुलुखिम संस्था रहेको छ । किरात बायुङ राई सुम्निखिमको नेतृत्व ज्ञान राई बायुङले गर्दै आएका छन भने बाहिङ मुलुखिम धिरेन बाहिङले नेतृत्व गर्दै आएका छन् ।
    राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं जनगणनाको तथ्यांक सार्वजनिक गर्न लाग्दा कार्यालयले गत बिहिबार(माघ १२) दुबै समुहलाई बोलाएर औपचारिक छलफल गराएको हो । छलफलमा बायुङ सहि हो भन्दै आएका किरात बायुङ राई सुम्निखिमका अध्यक्ष ज्ञान बायुङ राईले बायुङ लेख्नु पर्ने तर्कहरु पेस गरेका थिए ।
    अहिले पनि ४० देखि ७० बर्ष उमेर समुहमा सर्वेक्षण गर्ने हो भने अधिकांशले बायुङ भन्ने ज्ञान बायुङ राईले बताउदै आएका छन् । बिदेशी लेखकले अपभ्रंश गरिदिएको बाहिङ लेख्न, बोल्न नहुने ज्ञान बायुङको तर्क छ । 
    ११ औं राष्ट्रिय गणनामा तथ्याङ्क कार्यालयले बाहिङ भाषा भनेर ४६ कोड नम्बर दिएको छ । बायुङ लेख्नु पर्ने तर्क प्रस्तुत गर्दै आएको किरात बायुङ राई सुम्निखिमले सो प्रति आपति जनाउदै तथ्याङ्क बिभागले बाहिङ नभएर बायुङलाई सूचीकृत गर्नुपर्ने माग गर्दै आएको छ ।
    नयाँ तथ्याङ्क सार्वजनिक हुन लाग्दा बायुङ कि बाहिङ सूचीकृत गर्ने भन्ने सन्दर्भमा तथ्याङ्क कार्यालयले समन्वयको प्रयास गरेपनि दुई संस्थावीच तत्काल सहमति हुन सकेन । आ–आफ्नै तर्क अघि सारेपछि निष्कर्षमा पुग्न नसकेको हो ।
    छलफलमा आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, आदिवासी जनजाति आयोग, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । छलफल जारी राख्ने भनिएपनि दुई संस्थाको सहमति हुन नसके एउटै भाषाको दुई वटा कोड आउने सम्भावना देखिएको छ । भाषा एउटै बोलेपनि बाहिङ कि बायुङ लेख्ने, बोल्ने भन्ने बिषयमा बिवाद हो । गएको जनगणनामा किरात बायुङ राई सुम्निखिम र बाहिङ मुलुखिम दुबै संस्था सक्रिय रहेका थिए ।

     
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको   घोषणा ग…