• मोरङ । आफ्नै सहकर्मीहरुदेखि एकताबाट भाग्दै आएको आरोप लाग्दै आएको कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई फेरि जनता समाजवादीसहित दुई वटा पार्टीले एकताको प्रस्ताव आएको छ ।
    जनता समाजवादी पार्टीले सोमबार (माघ २३) संलोरामलाई औपचारिक रुपमा पत्र पठाएर एकताको प्रस्ताव पठाएको छ । 
    जसपा राजनीतिक समितिको नीति, बिचार र सिद्धान्त मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय अनुसार एकताको प्रस्ताव गरिएको पत्रमा उल्लेख छ । 
    पार्टीको एकता वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा अग्रगामि विचार राख्ने पार्टीहरु कमजोर भएकोले संगठनको माग, मुद्धा जनता सामु स्थापित गर्न सहि बाटो र सुदृढ संगठन आवश्यक रहेको उल्लेख छ । पहिचान सहितको संघीयता र समाजवाद स्थापित गर्न विचार र संगठनात्मक एकताको लागि प्रस्ताव गरिएको पत्रमा उल्लेख छ । 
    जसपाले पत्र पठाउनु २ दिन अघि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले पत्र मार्फत नै पार्टी एकता वा कार्यगत एकताको लागि प्रस्ताव पठाएको थियो । 
    करिव तीन हप्ता अघि पुस २८ गते राष्ट्रिय जनमुक्ति पार्टीले लिङ्देन नेतृत्वको संलोरामलाई एकताको औपचारिक पत्र आएको थियो । पार्टी अध्यक्ष केपी पालुङ्वाको हस्ताक्षर भएको पत्रमा केशव सुर्यवंशीलाई वार्ता समिति संयोजक तोकेर एकताको लागि प्रस्ताव गरेका थिए । 
    गत निर्वाचनमा जसपा अघिल्लो निर्वाचनभन्दा कमजोर भएको छ । अघिल्लो निर्वाचनमा प्रदेश १ मा समानुपातिक एक सिट जितेको संलोरामले यो निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेर एउटै सिट जितेन । जनमुक्ति पाहिचान कै पक्षमा समाइरहे पनि १ नम्बर प्रदेशमा प्रदेश सभामा मात्र होइन पालिका स्तरसम्म जित्न सकेको छैन् । 
    पछिल्लो निर्वाचनमा जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नै पराजित हुनुको साथै पहिचानमा आधारित पार्टीहरु कमजोर भएपछि विचार, सिद्धान्त मिल्ने पार्टीहरुवीच एकता प्रयास भइरहेको छ । 
    यही क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम)लाई निरन्तर एकताको प्रस्तावहरु आइरहेको बुझिएको छ । यद्यपि संलोराममा भने एकता गर्ने र नगर्ने दुई धार देखिएर संगठनमै समस्या उत्पन्न भएको छ । अध्यक्ष कुमार लिङ्देन पार्टी एकताको पक्षमा नरहेकोले विचार मिल्ने संगठनहरुसँग एकता गरेर जानुपर्ने बिषयमा दबाब दिनु परेको बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ र महासचिव अशोक चेम्जोङ (गुरुङ—चेम्जोङ)समूहको भनाइ छ । 
    जनमुक्ति पार्टीले एकता प्रस्ताव पठाएपछि सो बिषय र निर्वाचनको समीक्षा गर्न बैठक बोलाउन अनुरोध गर्दा अध्यक्ष कुमार लिङ्देनले वास्ता नगरेको गुरुङ—चेम्जोङ समूहको आरोप छ । बैठक राख्न दबाब दिदा गुरुङ—चेम्जोङ समूहमा रहेका आठ जना नेताहरुलाई कारबाहीको घोषणा गरेका थिए । आफ्नो समूहको नेताहरुलाई बिज्ञप्ति निकालेर कारबाहीको घोषणा गरेपछि गुरुङ—चेम्जोङ समूहको बैठक बसेर अध्यक्ष निङ्देनलाई संगठनको ३५ दिन र कारबाही फिर्ता लिन अन्टिमेटम दिएका थिए ।
    कारबाही फिर्ता लिन सकिएको अल्टिमेट्म सकिदासम्म अध्यक्ष लिङदेनले वास्ता गरेनन । अल्टिमेटमलाई वास्ता नगरिएपछि गुरुङ–चेम्जोङ समुहले बिधानको लामो ब्याख्यासहित सोमबार (माघ २२) पुन बिज्ञप्ति निकालेर कारबाही बिधान बिपरित भएको भन्दै खारेज गरेको घोषणा गरेको छ । संगठनको केन्द्रीय बैठक राख्न दिइएको ३५ दिने अल्टिमेटम भने कायम छ ।
    जसपा, जनमुक्ति र नागरिक उन्मुक्ति तीन वटा पार्टीले एकता प्रस्ताव गर्दा सो पत्रहरु बारे धारणा राख्न अध्यक्ष लिङ्देनले बैठक बोलाएर एकताको पक्षमा जान्छन वा एकता गर्न नहुने कार्यकर्तालाई सन्तुष्टहुने तर्क के देलान वा के गर्लान अध्यक्ष कुमार लिङ्देन ? 

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…