• मोरङ । मोरङको पथरीशनिश्चरेमा माघ ११ गतेदेखि घरघरमा पुगेर हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।
    पथरीशनिश्चरे नगरपालिकाले आज (बुधबार) पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सो बिषय बारे जानकारी दिएका हुन् । 
    भाइरस भएको क्युलेक्स जातको पोथी लामखुट्टेले टोकाइबाट हात्ती पाइले रोग सर्ने गर्दछ । पुरुषको हात, खुट्टा, अण्डा कोष, महिलाको स्तन सुन्निने र रोग समयमा उपचार नभएमा मानिसको मृत्युसम्म हुने गर्दछ । २०३० सम्ममा निवारण गर्ने लक्षको साथ हरेक बर्ष औषधि खुवाउदै आएको छ । 
    हात्ती पाइले रोगको औषधि खुवाउन माघ ११ गतेदेखि घरघरमा स्वास्थय कर्मी पठाइने भएकोले सबैलाई औषधि खान नगर प्रमुख मोहन तुम्बापोले बताए । यो बर्ष एक जनालाई उच्चाइ अनुसार तीन प्रकारको छुट्टाछुट्टै औषधिको चक्की खुवाइने स्वास्थ्य कर्मी जगत मगरले जानकारी दिए । 
    औषधि २ बर्ष नपुगेका बालबालिका, गर्भवति तथा सात दिनसम्मको सुत्केरी, छारे रोग लागेका र दीर्घ रोग लागेर सिकिस्त विरामी बाहेकका सबै उमेर समूहले औषधि खान मिल्ने स्वास्थ्य कर्मीहरुले बताएका छन् । 
    कार्यक्रममा नगर उपप्रमुख देबिमाया काफ्ले, प्रशासकीय प्रमुख लक्ष्मीप्रसाद खरेल, मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो । जिल्लामा औषधि खानेहरुको प्रतिशत ६५ प्रतिशत पुगेमा अर्को बर्षदेखि खुवाउन छाडिन्छ । सिर्भेक्षण गर्दा मोरङमा १६ प्रतिशतले मात्र औषधि खाएको पाइएपछि यो बर्ष पनि औषधि खुवाउनु परेको बताइएको छ । पूर्बी नेपालको झापा र मोरङमा गत बर्ष औषधि खानेहरुको संख्या नपुगेको कारण पुन औषधि खुवाउनु परेको बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…