• मोरङ । मोरङको पथरीशनिश्चरेमा माघ ११ गतेदेखि घरघरमा पुगेर हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।
    पथरीशनिश्चरे नगरपालिकाले आज (बुधबार) पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सो बिषय बारे जानकारी दिएका हुन् । 
    भाइरस भएको क्युलेक्स जातको पोथी लामखुट्टेले टोकाइबाट हात्ती पाइले रोग सर्ने गर्दछ । पुरुषको हात, खुट्टा, अण्डा कोष, महिलाको स्तन सुन्निने र रोग समयमा उपचार नभएमा मानिसको मृत्युसम्म हुने गर्दछ । २०३० सम्ममा निवारण गर्ने लक्षको साथ हरेक बर्ष औषधि खुवाउदै आएको छ । 
    हात्ती पाइले रोगको औषधि खुवाउन माघ ११ गतेदेखि घरघरमा स्वास्थय कर्मी पठाइने भएकोले सबैलाई औषधि खान नगर प्रमुख मोहन तुम्बापोले बताए । यो बर्ष एक जनालाई उच्चाइ अनुसार तीन प्रकारको छुट्टाछुट्टै औषधिको चक्की खुवाइने स्वास्थ्य कर्मी जगत मगरले जानकारी दिए । 
    औषधि २ बर्ष नपुगेका बालबालिका, गर्भवति तथा सात दिनसम्मको सुत्केरी, छारे रोग लागेका र दीर्घ रोग लागेर सिकिस्त विरामी बाहेकका सबै उमेर समूहले औषधि खान मिल्ने स्वास्थ्य कर्मीहरुले बताएका छन् । 
    कार्यक्रममा नगर उपप्रमुख देबिमाया काफ्ले, प्रशासकीय प्रमुख लक्ष्मीप्रसाद खरेल, मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो । जिल्लामा औषधि खानेहरुको प्रतिशत ६५ प्रतिशत पुगेमा अर्को बर्षदेखि खुवाउन छाडिन्छ । सिर्भेक्षण गर्दा मोरङमा १६ प्रतिशतले मात्र औषधि खाएको पाइएपछि यो बर्ष पनि औषधि खुवाउनु परेको बताइएको छ । पूर्बी नेपालको झापा र मोरङमा गत बर्ष औषधि खानेहरुको संख्या नपुगेको कारण पुन औषधि खुवाउनु परेको बताइएको छ । 
     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…