• मोरङ । विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गरेकोमा मोरङको पथरीशनिश्चरे– ९ स्थित सीता आदर्श आधारभूत विद्यालयले पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी लगायतलाई सम्मान गरेको छ । 
    मंगलबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । पञ्चायत मावि १ नं. प्रदेश सरकारद्वारा नमुना घोषित विद्यालय हो । सीता आदर्श आधारभूत विद्यालयलाई भौतिक तथा आर्थिक सहयोग गरेकोमा बुढाथोकी लगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । 
    पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  प्रअ बुढाथोकीको साथै अक्षयकोष दाता दीपा पोख्रेल, लायन्स क्लब अफ पथरीकी अध्यक्ष गोमा पौडेल, रोशन बुढाथोकी लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको  विद्यालयकी प्रधानाध्यापक रीता धिमालले  जानकारी  दिइन् । 
     

सम्वन्धित समाचार

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले …