• मोरङ । मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी बहुमुखी क्याम्पसमा भएको खेलकुद सप्ताह आज (सुक्रबार) समापन भएको छ । 
    अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद र विद्यार्थीहरुको खेल क्षमता अभिवृद्धि गर्ने उदेश्यले आइतबारदेखि सुक्रबारसम्म खेलकुद सप्ताह भएको थियो ।
    दश वटा इभेन्टमा भएको खेलकुद कार्यक्रममा भलिबलमा भने पथरीशनिश्चरे नगरमा भएका अन्य शैक्षिक संस्थाहरुलाई पनि सहभागि गराइएको थियो । भलिबलमा पथरी बहुमखी क्याम्पसको दुई र नगरमा रहेका अन्य छ वटा शैक्षिक संस्थाबाट प्रतिष्पर्धामा सहभागि गराइएको थियो । 
    सुक्रबार बिहान भएको फाइनल खेलमा पथरीशनिश्चरे–१ कै एभरेष्ट बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै पथरी बहुमुखी क्याम्पसको ‘बी’ टिमले ट्रफी चुमेको छ । पथरी बहुमुखीले २५—२७ र १३—२५ को सोझो सेटमा एभरेष्टलाई पराजित गरेका थिए । 
    आयोजक पथरी बहुमुखी क्याम्पसको तर्फबाट नवीन पौडेल, अभिशेक बस्नेत, क्षितिज राई लगायतले खेलेका थिए । भलिबल खेलको उप बिजेता एभरेष्टको तर्फबाट प्रज्वल न्यौपाने, मिमोहाङ लिम्बू, अनमोल श्रेष्ठ लगायतले खेलेका थिए ।
    फुटबलतर्फ टाइगर फाइप खेल भएको थियो । टाइगर फाइप फुटबल छात्रतर्फ शिक्षा संकायलाई पराजित गर्दै बीबीएस तेस्रो बर्ष अध्ययनरत खेलाडी विद्यार्थीहरु प्रथम भएका छन् । बिजेता टिममा बिनोद गुरुङ, अभिशेक बस्नेत, सुनिल राई र उप बिजेता टिमबाट भुपेन्द्र बस्नेत, आयन राई, चन्द्र बिष्ट लगायत खेलाडीहरु टिममा खेलेका थिए । टाइगर फाइप फुटबल छात्रामा बीबीएस दोस्रो बर्षलाई पराजित गर्दै शिक्षा प्रथम बर्षले ट्रफी जितेको निवर्तमान स्ववियु सभापति गिरिस साम्बाले जानकारी दिए ।
    खेलकुद सप्ताहमा बुद्धिचाल (चेस)तर्फ १६ जना सहभागि भएकोमा अनिष लामा प्रथम र आयुस मगर दोस्रो भएका छन् । 
    ब्याडमिन्टनमा छात्रतर्फ अमित मगर—प्रकाश केरुङ प्रथम, आकाश राई, ऋतिक राई दोस्रो, सोही खेल छात्रातर्फ प्रियना पराजुली—बिनिता लावती प्रथम र ममता राई— रुबिना बिक दोस्रो भए । टेबलटेनिसमा नवीन बिक र आयुष गुरुङ प्रथम र दोस्रो भए ।
    भाला हनाइमा छात्रतर्फ हरि लिम्बू, दिपक लिम्बू, बिपिन तामाङ, महिलातर्फ लक्ष्मी राई, बिनिता लावती, प्रियना पराजुलीले क्रमस प्रथम, दोस्रो र तेस्रो पुरस्कार जिते । 
    लङ जम्पमा पुरुषतर्फ अभिशेक बस्नेत, सबिन बिक, शौगात श्रेष्ठ महिलातर्फ प्रियाना पराजुली, लक्ष्मी राई, बिनिता लावति, छेलो हान्ने खेलमा पुरुषतर्फ हरि लिम्बू, नवीन बिक, आइन्द्र लिम्बू, महिलातर्फ लक्ष्मी राई, निलम दाहाल, बिनिता लावती क्रमस प्रथम, दोस्रो र तेस्रो भए । 
    १०० मिटर दौडमा छात्रतर्फ सरोज अधिकारी, रोशन कार्की, सन्दिप राई प्रथम, दोस्रो र तेस्रो भए । छात्रातर्फ प्रियना पराजुली, सप्सरा चौहान र देबिका राईले पुरस्कार जिते । 
    पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष माधप कोइरालाको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख देबिमाया काफ्ले, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, पूर्ब प्रमुख चेतन पौडेल, क्याम्पस सञ्चालक समिति सदस्य दुर्गा दंगाल लगायतको सहभागिता रहेको थियो ।  
    कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरु निवर्तमान स्ववियु सभापति गिरिस साम्बा, नेबि संघ क्याम्पस इकाई सभापति केशर राई, अनेरास्ववियुका रोशन कटुवाल, अखिल क्रान्तिकारीका क्याम्पस इकाई अध्यक्ष अभिशेक मगर, अनेरास्ववियु (समाजवादी)का अध्यक्ष दैब भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    नगरमा यसरी हुँदैछ खेलकुख क्षेत्रको विकास

    पथरी बहुमुखी क्याम्पसको खेलकुद सप्ताहसँगै पथरीशनिश्चरेमा यो बर्ष खेलकुद क्षेत्रमा ब्यापक प्रतिष्पर्धा भइरहेको छ । भर्खरै पथरी शनिश्चरे नगरमा राष्ट्रपति रनिङ शिल प्रतियोगिता सकिएको छ । यस अघि पञ्चायन माविले विद्यार्थीवीच सप्ताह ब्यापी खेलकुद प्रतियोगिता गराएको थियो । प्याब्सन पथरी शनिश्चरेले आयोजना गरेको अन्तर बोर्डिङ स्कुलहरु वीचको प्रतिष्पर्धाले पनि खेलकुद क्षेत्रको बिकासमा टेवा पुगेको छ । 
    यसैगरी नगरमो २ नम्बर वडाले पनि सप्ताह ब्यापी खेलकुद सप्ताह गरेको थियो भने नगरमा स्थापित फ्रेण्डसीप चेस क्लवले दुई हप्ता हघि बुद्धिचाल प्रतियोगिता गराएको थियो । 
    राष्ट्रपति रनिङ सिल, पथरी बहुमुखी क्याम्पस, पञ्चायत नमुना मावि, प्याब्सन पथरी शनिश्चरे, २ नं. वडा कार्यालय र फ्रेण्डसीच चेस क्लवले गराएको सप्ताह ब्यापी खेलकुद प्रतिष्पर्धा हेर्दा नगरमा फुटबल, भलिबल, बुद्धिचाल र क्रिकेट क्षेत्रमा लगानी गर्न सके खेलाडी राम्रो उत्पादन हुने देखिएको छ । 
    पथरीशनिश्चरे नगरमा धनकुमार तामाङ नेतृत्वको टिमले बिगतमा दुई वटा फुटबलमा गोल्डकप भएको थियो । नगरमा खेलाडी उत्पादन गर्ने उदेश्यले संजिप गिरीको नेतृत्वमा दुई वटा प्रिमियर लिग भयो । अमिर राईको नेतृत्वमा रहेको फ्रेण्डसीप चेस क्लबले पथरी शनिशरे नगरमा हालसम्म दुई वटा राष्ट्र ब्यापी बुद्धिचाल प्रतियोगिता भएको छ भने अरुण राई नेतृत्वको टोलीले बार्षिक रुपमा नगर स्तरीय क्रिकेट लिगगराउदै आएको छ । 
    पथरीशनिश्चरेमा उत्पादिन खेलाडीहरुले फुटबलमा राष्ट्रिय टिममासम्म खेलेका छन भने क्रिकेटमा १ नम्बर प्रदेश स्तरीय खेलेका छन् । बुद्धिचाल (चेस)मा मोरङ जिल्ला च्याम्पियनहुँदै १ नम्बर प्रदेश स्तरीय प्रतिष्पर्धाहरु खेल्दै आएका छन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…