• मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पथरी बहुमुखी क्याम्पसमा आज (बुधबार) भएको अखिल क्रान्तिकारीको भेलाले खगेन मगर (अभिसेक)को संयोजकत्वमा ७५ सदस्यीय इकाइ समिति गठन भएको छ ।
    माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी)को क्याम्पस भेलाले सहसंयोजकमा कृतिका खनाल र सुमन तामाङलाई सर्वसहमत चयन गरेका छन् ।
    समितिको सदस्यहरुमा राज लोहार, मनु लिम्बू, रेश्मी राई, सरगम खापुङ, लक्ष्मी राई, सरोज अघिकारी, बिनोद मगर, दिपिका पोख्रेल, हेमा कार्की, प्रज्वल मगर, प्रकाश लिम्बू, एरिक बस्नेत, मिलन राई, छितिज राई, नवीन बिक लगायत रहेका छन् ।
    भेलामा अखिल क्रान्तिकारी मोरङ जिल्ला अध्यक्ष नगेन्द्र घिमिरे, उपाध्यक्ष सरोज किराती, प्रदेश सदस्य सागर राई, माओवादी केन्द्र केन्द्रीय लेखा आयोगको सदस्य लालबहादुर मगर, प्रदेश सल्लाहकार सदस्य शिव तिम्सिना, किराती मोर्चाको महासचिव अर्जुन किराती, पार्टी नगर अध्यक्ष गोबिन्द कटुवाल, सचिब मान दियाली, सहसचिब रबिन राई, बिद्यार्थी बिभाग प्रमुख राजकुमार बिक, सदस्य नारायण दाहाल लगायतको उपस्थिति रहेको थियो । 
    नव गठिन समितिको संयोजक मगरले आगामी हुन लागेको स्ववियु निर्वाचन जित्ने दाबी गरेका गरेका छन् । संगठनको जिल्ला अध्यक्ष नगेन्द्र घिमिरेले नेवि संघ, एमाले अखिलका अधिकांश नेतृत्व अनियमिततामा फस्नुको साथै क्याम्पस प्रमुख र प्रशासनलाई थर्काएर व्यक्ति हितमा लाग्ने गरेको बताएका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…