• नेपाली भाषामा हुने कला क्षेत्रकै सर्बाधिक उच्च नगद पुरस्कार सहित विश्व ब्यापी फ्रेण्ड च्वाइस रियलिटी शो गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ । 
    गायन र नृत्य प्रतियोगिता बिजेताहरुलाई ३ करोड ४० लाख नगद राशी प्रदान गरिने भएको छ । 
    विश्वको जुनसुकै स्थानमा रहेपनि नेपाली भाषा, कला र संस्कृति नभुलोस भन्ने उदेश्यले नेपाली भाषामा गायन र सोही भाषाको गीतमा नृत्य प्रतियोगिता हुन लागेको हो । 
    इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आज (फागुन—१०) झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्व ब्यापी गायन तथा नृत्य प्रतियोगिता सुरु भएको जनाएको छ । 
    नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ दुबै प्रतियोगिता विश्वको बिभिन्न देशमा अडिसन भइरहेको इन्ट्राले जनाएको छ । यसै क्रममा नेपालको १ नं. प्रदेशको लागि फागुन २० र २१ गते अडिसन हुने जानकारी दिइएको छ । अडिसन झापा दमक ९ स्थित सरस्वती सेकेन्डरी स्कुलमा हुने भएको हो । दमकसँगै नेपालको लागि नेपालगञ्ज, बुटअल, काठमाडौं लगायतका स्थानमा अडिसन हुने भएको छ । 
    फाउन्डेसन आफैले तयार गरेको ब्राण्ड ‘मेरो भ्वाइस युनिभस’का विजेताले १ करोड, फस्ट रनरअपले ३० लाख र सेकेण्ड रनरअपलाई २० लाख नगदसहित ट्रफी प्रदान गरिने छ । यस्तै, ‘मेरो डान्स युनिभस’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेण्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो पुरस्कार राशी नेपाली भाषाको कला क्षेत्रको हलसम्मकै उच्च हो । 

    ‘मेरो डान्स युनिभर्स’लाई पनि सोही बराबर पुरस्कार प्रदान गरिने बताइएको छ । यो सँगै नेपाली संस्कृति झल्किने ग्रुप डान्सको बिजेता, देस्रो र तेस्रो हुने टिमलाई २०, १५ र ५ लाख नगद पुरस्कार प्रदान गरिने इन्ट्रा नेपाल राम बानियाले बताए । 
    दुबै प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरु १८ बर्ष पुगेको र ग्रुप डान्सको लागि चार जना भन्दा बढी कलाकार हुनुपर्ने आयोजकले जनाएको छ । 
    प्रतियोगिता नेपाल बाहेक भुटान, भारतको लागि सिलिगुडी, अष्ट्रेलिया, म्यानमार, थाइल्याण्ड, क्यानडा, अमेरिका र युरेपको बिभिन्न देशहरुमा अडिसन भइरहेको इन्ट्राले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले अनलाइन आवेदन दिन सक्ने आयोजकले जनाएको छ । 
    ‘मेरो भ्वाइस युनिभस’ अर्थात गायनतर्फ सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार,  पुष्पन प्रधान, सुजाता वर्मा निर्णायक रहने भएका छन् । ‘मेरो डान्स युनिभस’ अर्थात नृत्यतर्फ मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमान राई रहने छन् । 
    पत्रकार सम्मेलनमा इन्ट्राको सचिव सुरेन शेर्मा लिम्बू, नेपाल कोअडिनेटर राम बानिया, आर्थिक कोअडिनेटर भुपाल अधिकारी, कार्यक्रम सञ्चालक राजेश घतानी, मिडिया प्रमुख सुमन कुरुङुबाङ्ग, निर्णायक शंकर बीसी लगायतको उपस्थिति रहेको थियो । 
    फिल्ड र जज अडिसन सकेर काठमाडौमा अन्तिम अडिसन हुनेछ । जज अडिसनबाट आएका सहभागीहरुलाई नेपालको काठमाडौंमा अन्तिम अडिसन गराइने र यहाँबाट १२० जना प्रतिष्पर्धीलाई अष्ट्रेलिया र थाइल्यान्डमा लगेर कार्यक्रम गरिने कार्यक्रम सञ्चालक राजेश घतानीले बताए । बिभिन्न चरणमा मेरो भ्वाइसमा १२ र मेरो डान्समा १२ जना प्रतिष्पर्धी रहेपछि पब्लिक च्वाइसको लागि भोटिङ सिस्टमबाट बिजेता र रनरहरु छानिने कार्यक्रम रहेको घतानीले बताए । 
    इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका नेपालबाट अमेरिका गएका बिशेष गरी भुटानी शरणार्थी समुदायको नेतृत्वमा खुलेको अन्तर्राष्ट्रिय संस्था हो । डिल्लिराम अधिकारी अध्यक्ष रहेको इन्ट्राले नेपाली भाषी समुदायलाई बिभिन्न समस्या पर्दा सहयोग गर्नुको साथै सामाजिक  कार्यहरु गर्दै आएको छ । यो संस्थाले सुरुमा अमेरिकामा होम केयारको काम गर्दै पछि बृहत सामाजिक, सांस्कृति, भाषिक तथा खेलकुद क्षेत्रमा कार्यहरु गर्दै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …