• मोरङ । मोरङको पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहको दोस्रो कार्यकालको लागि भोलि (शनिबार) उर्लाबारी मंगलबारे स्थित सब डिभिजन वन कार्यालयमा मतदान हुँदैछ । 
    उद्घाटन कार्यक्रम समापनसँगै हुने निर्वाचनमा अध्यक्ष पदको लागि रतुवामाई नगरपालिका ६ का प्रकाश पौडेल र दोर्ण बहादुर पौडेल भिड्दैन छन् । 
    प्रकाश पौडेल निवर्तमान अध्यक्ष हुन भने दोर्ण सोही कार्यसमितिको सदस्य थिए । अध्यक्षमा दुई पौडेलसँगै खुल्ला ७ सदस्यको लागि १६ जनाको उमेद्वारी परेको छ । सो पदमा गणेश थापा, प्रेमबहादुर याक्खा, डिल्लिराम खतिवडा, महेश थापा, ठाकुरप्रसाद लिम्बू, रामराजी दास, टेकबहादुर थापा रहेका छन् । सदस्यहरुमा बेदप्रसाद शिवाकोटी, योगेन्द्रबहादुर सुवेदी, प्रकाश कार्की, गोबिन्द श्रेष्ठ, सुरेन्द्र शेर्मा, इम्तियाज आलम, लक्ष्मीप्रसाद पौडेल, गोबिन्द निरौला, शरणकुमार राई रहेका छन् । 
    तीन महिला सदस्यमा पाँच जनाको उमेद्वारी रहेको छ । सन्तमाया राई, पवित्रा पोख्रेल, रामप्यारी तामाङ, अनारवती तामाङ र कोपिला कार्की रहेका छन् । एक मधेशी सदस्यमा रन्जितकुमार साहा र मनोजकुमार यादव, एक दलितका लागि कर्णबहादुर परियार, प्रमिला ल्वागुन उमेद्वार रहेका छन् । ४५ वटा वडाबाट हुने एक सदस्य पदका लागि शेखरनाथ दाहाल र सन्तोष निरौलाको उमेद्वारी परेका छन् । 
    सात वटा पालिकाबाट आएका प्रतिनिधिहरुबाट एक जना उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । सो उपाध्यक्षमा भने सुनबर्षी नगरपालिकाको कमलकुमार मोक्तान एक जनाको मात्र उमेद्वारी परेको छ । त्यसैगरी समितिमा आउने एक जना जनजाति सदस्यमा रतुवामाईका गोपालप्रसाद जातपुरियाको मात्र उमेद्वारी परेको छ । समितिको उपाध्यक्ष र आदिबासी जनजाति सदस्य सर्वसहमत भएका छन् भने बाँकी १४ पदका लागि २९ जनाको भोली शनिबार निर्वाचन हुने भएको छ । 
    पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, मिक्लाजुङ, रतुवामाई, सुनबर्षी र रंगेलीको ४५ वडाहरु क्षेत्र पर्दछ । यो ४५ वटा वडाबाट ७ जनाको दरले निर्वाचित भएर ३१५ जना मतदाता आएका छन् । यस बाहेक ७ वटा कार्यपालिकाले पठाएको सात जना प्रतिनिधिहरुबाट आन्तरिक निर्वाचनबाट एक उपाध्यक्ष र ४५ वटाबाट आएका सदस्यहरुबाट एक जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । एक अध्यक्षसहित १४ जनालाई ३१५ मतदाताले चुन्ने व्यवस्था रहेको छ । 
    भौतिक हिसावले वन क्षेत्रदेखि टाढा रहेका समुदायलाई वन पैदावर काठ, दाउरा लगायतको सुबिधा दिने उदेश्यले सरकारले साझेदारी वनको अवधारणा ल्याएको हो । २०७३÷०७४ मा सुरु भएको पथरीशनिश्चरे साझेदारी वनको २ हजार ३१५ हेक्टर वन क्षेत्र र ५१ हजार ३३३ घर परिवारमा २ लाख २७ हजार ७१५ जनसंख्या रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

    निर्वाचनमा दुई प्यानलको भिडन्त

    भोली हुने निर्वाचनमा दुई प्यानलवीच भिडन्त हुने भएको बुझिएको छ । अध्यक्षको उमेद्वार प्रकाश पौडेल विचारको हिसावले माओवादी हुन् । समितिको निवर्तमान अध्यक्षसमेत रहेका पौडेललाई नेपाली कांग्रेस र नेकपा (एस)ले समर्थन गरेको बुझिएको छ । पौडेलको प्यानलबाट कांग्रेसका महेश थापा (उर्लाबारी), ठाकुरप्रसाद लिम्बू (पथरीशनिश्चरे) लगायत कांग्रेस निकट मतदाताहरुको समर्थन रहेको बुझिएको छ । नेकपा (एस)का कर्णबहादुर परियार (पथरीशनिश्चरे) लगायतले पनि प्रकाश पौडेललाई समर्थन गरेर सो प्यानलबाट सदस्यमा उठेको बुझिएको छ । 
    अध्यक्षका अर्का उमेद्वार दोर्णबहादुर पौडेल एमाले हुन् । अध्यक्षका उमेद्वार पौडेल गए कार्यकालमा प्रकाश पौडेलसँगै समितिको सदस्यमा भएर काम गरेका व्यक्ति हुन् । पार्टी र फरक समूहबाट अध्यक्षमा उठेका पौडेलद्वय रतुवामाई ६ एउटै गाउँका आफन्त हुन् । दुई प्यानल हेर्दा इमान्दार पूर्बक भोट खसेमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)को समेत समर्थन पाएको प्रकाश पौडेलको प्यानलको जित हुने निर्वाचनमा खटिरहेका बिकास चाम्लिङ राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …