• मोरङ । मोरङको पथरी शनिश्चरे साझेदारी वन उपभोक्ता समूहको आज अपरान्हदेखि मतदान भइरहेको छ ।
    उर्लाबारी मंगलबारे स्थित सब डिभिजन वन कार्यालयमा मतदान हुँदैछ । विहान उद्घाटन र बन्द सत्रपछि मतदान सुरु भएको हो । संस्थाको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको सभातित्वमा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, रतुवामाई नगर प्रमुख नागेश्वर सिंहले शुभकामना दिएका थिए । त्यसैगरी सब डिभिजन वन कार्यालय बेलबारीको प्रमुख दिपेश मिश्र, बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समितिको अध्यक्ष दिनेश गिरी लगायतले शुभकामना दिएको कार्यक्रम सव डिभिजन वन कार्यालय उर्लाबारीका रेञ्जर अमृतबहादुर लिम्बूले सञ्चालन गरेका थिए । 
    अध्यक्ष प्रकाश पौडेलेद्वारा प्रस्तुत गरिएको साझेदारी वनको वार्षिक प्रगति प्रतिवेदन र प्रस्तुत विधान बन्दसत्रले पास गरिएको थियो । 
    निर्वाचनमा अध्यक्षमा रतुवामाई नगरपालिका ६ का प्रकाश पौडेल र सोही स्थानको दोर्ण बहादुर पौडेलको प्यानल चुनावी मैदानमा छन् । प्रकाश पौडेल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एस)को साझा उमेद्वार हुन् । पौडेलको प्यानलबाट सात खुल्ला सदस्यहरुमा गणेश थापा, प्रेमबहादुर याक्खा, डिल्लिराम खतिवडा, महेश थापा, ठाकुरप्रसाद लिम्बू, रामराजी दास, टेकबहादुर थापा रहेका छन् । 
    महिला सदस्यमा सन्तमाया राई (शान्ता), पवित्रा पोख्रेल र कोपिला कार्की रहेका छन् । प्रकाशको प्यानलबाट मधेशीमा रन्जित कुमार साहा र दलितमा कर्णबहादुर परियार रहेका छन् । 
    एमाले लगायतको प्यानलबाट अध्यक्षमा दोर्णबहादुर पौडेल, खुल्ला सदस्यहरुमा वेदप्रसाद सिवाकोटी, योगेन्द्रबहादुर सुवेदी, प्रकाशबहादुर कार्की, इमतियाज आलम, गोबिन्द निरौला, लक्ष्मीप्रसाद पौडेल र शरणकुमार राई रहेका छन् । महिला सदस्यहरुमा रामप्यारी तामाङ, अनारवति तामाङ, दलितमा प्रमिला ल्वागुन र मधेशी सदस्यमा मनोजकुमार यादव रहेका छन् । 
    खुल्ला सदस्यमा उमेद्वारी दिएका गोबिन्दबहादुर श्रेष्ठ, सुरेन्द्र कुमार शेर्मा र महिला सदस्यमा पवित्रा पोख्रेलको नाम दुबै प्यानलमा रहेको छैन् । 
    कार्यक्षेत्रको ७ पालिकाको ४५ वटा वडाबाट आएका सदस्यहरुवीचको १ सदस्यका लागि प्रकाश पौडेल (कांग्रेस, माओवादी) प्यानलबाट शेखरनाथ दाहाल र एमालेका सन्तोष निरौलावीच प्रतिष्पर्धा हुँदैछ । प्रतिष्पर्धाहुने १४ पदको लागि ३१३ र वडाबाट निर्वाचितहुने एक सदस्यको लागि ४५ मतदाता रहेका छन् । आज सँझसम्म मत गणना सकिएर आजै परिणम घोषणा हुने बुझिएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…

मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समाप…