• पथरी बहुमुखी क्याम्पसको संभावित स्ववियु सभापतिको उमेद्वारहरु

    मोरङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नजिकिँदै गर्दा मोरङको पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संगठनहरुको चहलपहल सुरु भएको छ । 
    क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेका), अनेरास्ववियु (एमाले), अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा (एस) सम्बद्ध अनेरास्ववियु (समाजवादी) लगायतका संगठनहरु क्रियाशिल रहेका छन् । यस बाहेक जसपा र संलोराप लगायतसँग आबद्ध विद्यार्थी संगठनहरु रहेका छन् । 
    त्रिभुवन विश्व विद्यालयले स्ववियुको निर्वाचन चैत्र ५ गते गर्ने लगायतको कार्यतालिक सार्वजनिक गरिसकेको छ । फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेद्वारी दर्ता लगायतको कार्यतालिका सार्वजनिक गरेको छ । 
    निर्वाचनको मिति नजिकिँदै संगठनहरुको गठन, पुनर्गठन, भेला प्रशिक्षण बढ्नुको साथै पथरी बहुमुखी क्याम्पसमा सभापति को बन्ने भन्ने चार्चा पनि सुरु भएको छ । नेपाल विद्यार्थी संघले क्याम्पस इकाई अध्यक्ष केशर राईलाई नै सभापतिको उमेद्वार बनाउने निश्चित भएको बुझिएको छ । राई सो क्याम्पसको निवर्तमान स्ववियु सदस्य हुन् । 
    एमाले सम्बद्ध अखिलले रोशन कटुवाल र उज्वल लकान्द्री मध्य एक जनालाई सभापति बनाउने बुझिएको छ । माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी)बाट क्याम्पस इकाई अध्यक्ष खगिन मगर(अभिषेक) र उपाध्यक्ष कृतिका खनाल मध्य एक जना सभापतिको उमेद्वार बन्ने भएका छन् । त्यसैगरी नेकपा (एस) सम्बद्ध अखिल (समाजवादी)बाट प्रकाश शिवा र बैभव भण्डारीवीच एक जना हुने चर्चा रहेको छ । निर्वाचनको मिति नजिक आउदै गर्दा अखिल क्रान्तिकारी, एमाले अखिल र नेवि संघको क्याम्पस भेला भइसकेको छ । अखिल समाजवादीको १४ गते भेला राखेको बुझिएको छ । 

    निर्वाचन समिति गठन
    पथरी बहुमुखी क्याम्पसले चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि निर्वाचन समिति गठन गरेको छ । सुक्रबार (१२ फागुन) बसेको क्याम्पस सञ्चालक समितिको बैठकले उपेन्द्र बस्नेतको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सहसंयोजकमा झलक दाहाल, सदस्यहरुमा लक्ष्मी ढुङ्गेल, सडानन्द अधिकारी र रोहित बास्तोला सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । क्याम्पस समितिको उपाध्यक्ष माधव कोइरालाको संयोजकत्वमा निर्वाचन सहजिकरण समिति समेत गठन भएको छ । पथरी क्याम्पसमा करिव ६ सय विद्यार्थी हुनेसक्ने क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले बताएका छन् । 

    स्ववियुमा २८ बर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागु हुने
    त्रिविले यो पटक २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको छ । स्ववियु पदाधिकारी सदस्य उठन वि.स. २०५१ चैत १८ गते भन्दा पछि जन्मेका वा २८ बर्ष ननाघेको हुनु पर्ने व्यवस्था गरेको छ ।  यो पटक पनि स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…