• मोरङ ।  मोरङको पथरीशनिश्चरेमा रहेका माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नगर समितिको आज भएको भेलाले पुनम खतिवडाको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति चयन गरेको छ ।
    पथरीशनिश्चरे—४, सोमबारेमा भएको भेलाले उपाध्यक्षमा गंगामाया साँबा, देउमाया राई, बर्षा कंसाकार, सचिवमा सीता बिक, सहसचिवमा लक्ष्मी बुढाथोकी, लुलशा दर्जी, कोषाध्यक्षमा सरिता सुश्लिङ मगर सर्बसहमत चयन भएका हुन् । 
    सदस्यहरुमा गोमादेवि लुइटेल, रुद्रकुमारी सुवेदी, लक्ष्मी ठटाल, लक्ष्मी बुढाथोकी, देवि नाल्बो, चन्द्रकला दाहाल, कुमारी मगर, तुलशा गौतम, कल्पना मण्डल, गयादेवि मण्डल, समिता तामाङ, रेश्मा दाहाल, सीता खतिवडा, हिरा मगर रहेका छन् । त्यसैगरी तोयादेवी खतिवडा, ज्ञानु मगर, चन्द्रकला मगर लगायत रहेका छन् । 
    संगठनको निवर्तमान नगर अध्यक्ष राधिका गौतमको सभापतित्वमा भएको भेलाको प्रमुख अतिथि पार्टीको केन्द्रीय लेखा आयोग सदस्य लालबहादुर मगरले जनयुद्धले ल्याएको उपलब्धीको रक्षा गर्दै अघि बढ्नु पर्ने बताए । 
    युद्ध कालमा सँगै सशस्त्र आन्दोलनमा लागेका, सुरुङ खनेर जेल तोड्ने महिलाहरु आर्थिक हिसावले दुई वर्गमा देखिएको र कमजोर वर्गको संख्या बढी भएको मगरको भनाइ थियो । अन्य पार्टीले युद्धमा लागेर पनि कमजोर वर्गका महिलाहरुलाई देखाएर पार्टी प्रति वितृष्णा फैलाउने गरेकोले सचेत रहनुपर्ने बताए ।
    अनेम संघ (क्रान्तिकारी)को मोरङ जिल्ला अध्यक्ष लता न्यौपानेले देशको हरेक अंगमा ३३ प्रतिशत सहभागिता, पालिकामा प्रमुख वा उपप्रमुख महिला र हरेक वडामा दलितसहित दुई महिलाको व्यवस्था माओवादी महिलाहरुको आन्दोलनको कारण प्राप्त भएको बताए । 
    अध्यक्ष न्यौपानेले वर्तमान संघीय सदनमा ९१ र प्रदेशहरुमा ३१० जना महिला सांसद रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनीहरुलाई महिला मैत्री कानुन र नीति निर्माण गर्न पहल गर्नुपर्ने बताए । सहिद, बेपत्ता र युद्धको सेन्टर दिने परिवारसँग पार्टी नेता, कार्यकर्ताहरुले भावनात्मक सम्बन्ध राख्नु पर्ने बताए । 
    कार्यक्रममा पार्टीको प्रदेश सदस्य रञ्जु कटुवाल, किराती मोर्चाको महासचिव अर्जुन किराती, पार्टी प्रदेश सल्लाहाकार सदस्य शिव तिम्सिना, अनेम संघ .(क्रान्तिकारी) जिल्ला सचिव शिला भट्टराई, पार्टी नगर अध्यक्ष गोबिन्द कटुवाल, सचिव मान दियाली, वाइसीएल केन्द्रीय सदस्य अनु राई लगायतको उपस्थिति रहेको थियो । 
     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा र कुक तालिम सुरु भएको छ ।  पथरीशनिश्च…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम बिहिबार समापन भएको …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरको पथरी साकेला थानमा शनिबार किरात राई समुदायको सांस्कृतिक चाड सोकेला सि…