• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्यापसमा अध्ययनरत नेकपा (एस) सम्बद्ध बिद्यार्थीहरु संगठित भएका छन ।

    आइतबार नेकपा (एस) संबद्ध अनेरास्ववियूको भेलाले बैभब भण्डारीको अध्यक्षतामा ४९ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिवस बस्नेत, भुपाल पण्डित, सचिबमा प्रकाश राई र कोषाध्यक्षमा अभिशेक बस्नेत चयन भएका छन । भेलाले संगठनको पथरीशनिश्चरे नगर समिति अध्यक्षमा सोही क्याम्पसमा अध्ययनरत प्रकाश सिवालाई चयन गरेको छ ।

    सदस्यहरुमा रेजन आचाॠ, आलिक बस्नेत, सुनिल राई, बरुण भण्डारी, आयम राई, सतेज अधिकारी, समीर राउत, निलिमा थापा लगायत रहेका छन ।

    अनेरास्ववियू केन्द्रीय कमिटी सचिव मिलन बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा (एस) प्रदेश कमिटी सदस्य कुमार चम्लिङ राई, नगर कमिटी अध्यक्ष तुलसि ढकाल लगायतको उपस्थिति भएको थियो ।

    यस अघि नेवि संघको भेलाले केसर राई, अखिल क्रान्तिकारीको भेलाले खगिन मगर (अभिशेक)को नेतृत्वमा समिती गठन भइसकेको छ । एमाले अखिलको रोशन कतुवालको नेतृत्वमा रहेको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि संगठनहरु  कृयासिल रहेका छन ।

सम्वन्धित समाचार

कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ । बुधबार बसेको मन्त्रि…

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था…

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । …

 काठमाडौँ महानगरपालिकाले खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन, प्रसारण गर्ने गरेको बत…