• यो स्कुलले उत्पादन गरेको मेरो छोरा डा. स्वयम उप्रेती पथरी अस्पतालमा कार्यरत छ’ पथरीशनिश्चरे १ निवासी कृष्णप्रसाद उप्रेतीले भने ‘मेरा तीनै छोराछोरी अहिले डाक्टर छन, यो स्कुलप्रति आभारी छु र शिक्षक सबैलाई मेरो तर्फबाट धन्यवाद दिन्छु ।’
    पथरीशनिश्चरे—१ मा स्थापित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलको सोमबार आयोजित ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा कृष्ण उप्रती भावुकहुँदै (हर्षको आँसु झार्दै) भने ‘‘स्कुलको संस्थापक चन्द्रमान कन्दङ्वा (सीएम) सरको प्रेरणाले गर्दा मेरा छोराछोरीले राम्रो शिक्षा पाए ।’ ‘रबिन सरको बुवा र आमालाई सम्झना चाहन्छु ।’’
    एभरेष्ट स्कुलले वार्षिक उत्सवको अवसरमा उप्रेती र उप्रेती पत्नि मेनुकादेवी उप्रेतीलाई सम्मान गरेको थियो । 
    एभरेष्टबाट एसएलसी गरेका उप्रेती परिवारको तीनै जना सन्तान डाक्टर छन् । छोरा डा. स्वयम उप्रेती एमबीबीएस सकेर यतिवेला पथरीशनिश्चरे नगर अस्पताल कार्यरत छन् । जेठी छोरी अञ्जु मेडिकल डाक्टर र कान्छि सन्जु विद्याबरिधी गरेकी छन् । 
    छोराछोरीलाई गुणस्तरीय शिक्षा दिएको र असल अभिभावकको रुपमा सम्झिएकोमा एभरेष्टका फाउण्डर÷प्रिन्सिपल रबिन कन्दङ्वा र केही शिक्षकहरुको नामै लिएर धन्यवाद दिदै उप्रेती भावुक बनेका थिए । 
    उप्रेती मात्र होइन कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले पनि एभरेष्ट स्कुलले नगरपालिकालाई चिनाउन मद्दत गर्दै आएको बताए । संस्थागत विद्यालयहरु मध्य जेठो एभरेष्ट रहेको र यहाँ बढ्ने विद्यार्थीहरुले परीक्षामा उच्च अंक ल्याउने गर्नुको साथै खेलकुद, कलाकारिता क्षेत्रबाट पथरीलाई चिनाउने काम गरेको भन्दै प्रमुख तुम्बापोले स्कुलको प्रशंसा गरे । शुभकामना दिने क्रममा प्रमुख तुम्बापोले एभरेष्ट स्कुललाई प्रदेश १ कै नमुना बन्द शुभेक्षा प्रकट गरेका छन । 
    एभरेष्टको प्रिन्सिपल रबिन कन्दङ्वाले आफूहरु विद्यार्थीहरुलाई असल शिक्षा दिन लागि परिरहेको बताए । एसएलसीमा २०६६ मा बिबेक कोइरालाले ९० प्रतिशत अंक ल्याएर एसएलसी गरेका थिए । 
    तीन बर्षपछि सलिना राईले ९२ प्रतिशत अंक ल्याएर बोर्डको पाँचौ भएको सम्झना दिलाए । बोर्डमा पाँचौ हुदा प्रधानमन्त्रीको हातबाट सम्मान र बधाई पाउदा गर्व लागेको प्रिन्सिपल कन्दङ्वाले सुनाए । सलिना राईसँगै दिक्षा न्यौपोन, आस्मा पोखरेलले पनि ९० प्रतिशत अंक कटाएका थिए । 
    प्रदेश नं. १ मा ४ जना मध्य एभरेष्टबाट २ जना विद्यार्थीहरु आदर्श न्यौपाने, समिता रिजालले जीपीए—४ ल्याएको सम्झना दिलाए । प्रिन्सिपाल कन्दङ्वाले सबै विद्यार्थी पढ्न मात्र भन्दा पनि फरक, फरक विद्यामा क्षमता लिएर जन्मिएको हुनाले प्रतिभा प्रस्फुटन गर्न लागिरहने बताए । उनले भने कोही खेल्न त कोही कला क्षेत्रको लागि जन्मिएका हुन्छन । कोही व्यावसायी त कोही राजनीति गर्न जन्मिएको हुने भनाइ थियो । यो कुरा अभिभावकले बुझ्न जरुरी रहेको प्रिन्सिपाल कन्दङ्वाले बताए । 
    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर शिक्षा बिभाग प्रमुख शालिग्राम काफ्ले, अधिकृत नवीन खुलाल, एभरेष्टको सहनिर्देशक दिनेश कन्दङ्वा लगायतको उपस्थिति रहेको थियो । कक्षा ११, १२ को संयोजक शिक्षक हिरालाल देवकोटाले असल शिक्षाको बारेमा मन्तब्य राखिएको कार्यक्रम शिक्षक वेदनिधि खनाले सञ्चालन गरेका थिए । 
    वार्षिकोत्सवको अवसरमा २०६६ सालमा एसएलसी गरेर इन्जिनियर सकेर नेपाली सेनाको उपसेनानी पदमा कार्यरत बिबेक कोइराला र असल अभिभावकको रुपमा कृष्णप्रसाद उप्रेती परिवारलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । 

    बृहत सांस्कृतिक कार्यक्रम र खेलकुद पदर्शनी

    एभरेष्ट स्कुलको वार्षिकोत्सवको अवसरमा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरु एकल तथा सामुहिक गायन, नृत्य प्रस्तुति, नाटक प्रदर्शन, ¥याम्प शो को साथै कराते खेल प्रदर्शनी र बिभिन्न विषयमा मन्तब्य प्रस्तुत गरेका थिए । सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम बिभिन्न विद्यार्थीहरु आफैले सञ्चालन गरेका थिए । 
    विहान १० बजेदेखि सुरु भएको कार्यक्रममा राई, लिम्बू, थारु, मगर लगायतको सांस्कृतिक नृत्य, रिमिक्स तथा क्लासिकल फरक फरक भेराइटीको ३५ भन्दा बढी प्रस्तुति हेर्न अभिभावकहरु साँझ ४ बजेसम्म बसेर मनोरञ्जन लिनुको साथै आफ्नो सन्तानको प्रतिभा हेरेका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …