• मोरङ । बिद्यार्थीहरुलाई पुरस्कार तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी सोमबार मोरङको कानेपोखरी ६ स्थित रमाइलोमा रहेको जनिथ इङ्लिस स्कुलले आफ्नो १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
    शैक्षिक सत्र २०७८ मा प्रथम, द्धितीय, तृतीय हुने र वार्षिक खेलकुद प्रतियोगिता जित्ने २०५ जना बिद्यार्थीहरुलाई पुरस्कार प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
    बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुको साथै कार्यक्रममा नाटक, गीत, तथा धिमाल, मगर, तामाङलगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । नृत्य शिक्षक र शिक्षिकाहरुले पनि नृत्य प्रस्तुत गर्नुभएको थियो ।  
    अभिभावक दिबसको अवसरमा स्कुलले फागुन ७, ८ र ९ गते तीन दिन वार्षिक खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । भलिवल, फुट्सल, हाजिरिजवाफ प्रतियोगिता, रेस, सेक रेस लगाएत १२ वटा खेलहरुमा प्रतियोगित गराइएको प्रिन्सिपल जयबहादुर राईले जानकारी दिए । 
    कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मि भण्डारी लगायतको हातबाट पुरस्कार वितरण भएको थियो ।
    प्रमुख अतिथि इङ्नामले गाउँपालिकाले पढ्ने बुहारीहरु, प्राविधिक शिक्षा अध्ययन गर्नेलाई छात्रावृती, कक्षा ११, १२ पढ्ने विद्यार्थीलाई निशुल्क गरिएको बताए । कार्यक्रममा ६ नं. वडा अध्यक्ष खड्ग बस्नेत, माउण्ट हर्मोन चिल्डेलन एकेडेमीका निर्देशक राजेश कार्कीले शुभकामना मन्तव्य दिएका थिए ।
    कार्यक्रममा रमाइलो प्रहरी चौकीका प्रमुख धनश्याम पाण्डे, रेडक्रस सोसाईटी बयरवन शाखाका अध्यक्ष टिका बहादुर थापा, न्यू देवकोटा इङ्लिस स्कुलका प्रिन्सिपल नन्द कुमार राजवंशी, खिलाराज भट्टराई लगायत रहेका थिए ।  
    विद्यालय संचालक सदस्य अशोक फुयलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल जयबहादुर राई र सञ्चालन निर्देशक दिनेश सुब्बाले गरेका थिए । 
     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…