• मोरङ । प्रदेश नं. १ पुनः नामकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको  माग गर्दै फागुन २८ गते आम हड्ताल र चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने भएको छ ।
    किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खा केन्द्रीय समितिको संयोजनमा मंगलबार र बुधबार (फागुन २३, २४) भएको बैठकले कोशी प्रदेश नाम खारेजीको लागि फागुन २८ मा प्रदेशभर आम हड्ताल र चैत्र ५ गते बृहत प्रदर्शनी गर्ने निर्णय भएको किरात याक्थुङ् चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले जानकारी दिएका छन । 
    चुम्लुङको केन्द्रीय अध्यक्ष एक्तेनको अध्यक्षतामा जुम प्रविधिमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा किरात राई यायोक्खा उपाध्यक्ष जनक राई, उपमहासचिव अर्जुन जम्नेली राई, प्रदेश १ सचिव राम माण्डुपा राई लगायतको सहभागिता रहेको थियो । किरात सगरमाथा नामकरण शान्तिपूर्ण नैतिक दबाब समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, आदिबासी जनजाति महासंघको पूर्ब महासचिवसमेत रहेका अभियान्ता आङ्काजी शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय अध्यक्ष कुमार लिङ्देन, जसपाबाट रमेश राई, लिम्बुवानका नेता सञ्जुहाङ पालुङ्वा बैठकमा सहभागि भएका थिए । 
    त्यसैगरी खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय उपाध्यक्ष दिलराम राई, किरात लिम्बुवान नामकरण दबाब समुहको अध्यक्ष प्रेमदिप थाम्सुहाङ लगायतको उपस्थिति रहेको थियो । बैठकमा समाजिक तथा राजनीतिक संगठनका नेताहरुले आन्दोलनको उठान, प्रभाव, संभावना चुनौतीहरु बारे बोलेका थिए । 
    आन्दोलनमा गोपाल किराती नेतृत्वको संगठन, मंगोल नेशनल अर्गनाइजेसन, कोच, धिमाल, याक्खा, सुनुवार, पहिचान पक्षधर एमाले, कांग्रेस, माओवादी लगायतका घटक संगठनहरुलाई जोड्दै जाने र प्रदेश नं. १ को मात्र नभएर बाँकी छ वटै प्रदेशको पुनः नामकरणको मुद्धा उठाउन पहल गर्नुपर्ने वक्तारुले बिषय राखेका थिए । 
    आजै (फागुन २४) काठमाडौंमा अध्यक्ष गेल्जे लामा शेर्पाको सभापतित्वमा बसेको नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समितिको बैठकले १ नं. प्रदेशको आन्दोलनलाई नैतिक र भौतिक समार्थन, साहयोग गर्ने निर्णय भएको महासचिव दिवस राईले बताए । प्रदेश नं. १ को नाम कोशी खारेजीको लागि हुने आन्दोलनमा सहभागि हुन महासंघको १ नं. प्रदेश, जिल्ला समितिहरुलाई सर्कुलर जारी गरिएको महासंघले जनाएको छ । महासंघले न्याय र स्वतन्त्रताको आन्दोलन गाउँगाउँबाट गठ्न र उठाउन आव्हान समेत गरेको छ । 
    प्रदेशको नाम एमाले, कांग्रेस र माओवादी (केन्द्र)का प्रदेश सांसदहरुलाई १७ गते विहानसम्म थाहा नदिइ सदनमा एक्कासी नाम प्रस्ताव गरेर धाकधम्की र जवरजस्तिमा परेका कोशीमा मत हाल्न लगाइएका थिए । किरात मोर्चाले २६ गते पनि हड्तालको घोषणा गरेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…