• मोरङ । प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा सुक्रबार मोरङको पथरीशनिश्चरे नगरपालिकाको मूल गेटमा नारा जुलुससहित कालो झण्डा गाडेको छ ।

    किरात राई यायोक्खा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरहाङ राईको नेतृत्वमा आएको आन्दोलनकारी टोलीले प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएको विरुद्धमा प्रदेशभरको अभियान अन्तर्गत पथरीशनिश्चरे नगरको मूल गेटमा कालो झण्डा गाडिएको सो संगठनले जनाएको छ । 

    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिको सहसचिव दुर्गा लावली, किराती मोर्चाको कुराम बहादुर सुब्बा, किरात धर्म तथा साहित्य उत्थान संघ, जसपा, संघीय लिम्बुवान राष्ट्रिय मञ्च लगायतका नेता कार्यकर्ताहरु विरोध कार्यक्रममा सहभागि भिएका थिए । 

    हातहातमा कालो झण्डासहित नगरपालिका पुगेका सो समुहले कोशी प्रदेश नाम खारेज गर, १ नं. प्रदेशको पुनः नामकरण गर, कोशी प्रदेश मान्दैनौ, सम्पूर्ण प्रदेशवासीहरु एक होऔ लगायतको नारा लगाएका थिए । नारा जुलुससँगै नगरपालिकाको मूल गेटमा कालो झण्डा गाडेर कोणसभामा परिणत भएका थिए । 

    कोण सभालाई सम्बोधन गर्दै यायोक्खा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरहाङ राईले कोशी नामले प्रदेशवासीको भावनामा प्रहार भएको, भूमीबासीलाई समेट्न नसकेकोले खारेजी हुनुपर्ने र कोशी प्रदेश नामको खारेजी नभए आन्दोलनको उभारले परिवर्तन गर्ने राईले बताएका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…