• मोरङ । किरात राई यायोक्खा १ नं. प्रदेश कार्य समितिको समन्वयमा सुनसरी इटहरी स्थित  तायारिप्चि भवनमा भएको भेलाले पारस राईको संयोजकत्वमा ५०१ सदस्यीय प्रदेश नं. १ को पुनः नामकरण आन्दोलन जनपरिचालन समिति गठन गठन गरेको छ ।

    शुक्रबार भएको भेलाले राम माण्डुपा राईको संयोजकत्वमा प्रचार प्रसार र कोषाध्यक्ष उत्तम राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समितिसमेत गठन भएको छ ।

     किरात राई यायोक्खा १ नं. प्रदेश कार्य समितिको अध्यक्ष पारशमणी राईको सभापतित्व र केन्द्रीय उपाध्यक्ष (आन्दोलन परिचालन समितिको संयोजक) तिलकप्रसाद राई लगायतको पदाधिकारी सदस्यहरुको भेलाले  आन्दोलनलाई थप मजबुद बनाउन १ नं. प्रदेश स्तरीय  समिति गठन भएको हो । 

    बैठकमा यायोक्खा केन्द्रीय उपाध्यक्ष युवराज राई, महासचिव भीम राई, उपमहासचिव अर्जुन जम्नेली राई, सचिव नगेशचन्द्र राई, सहकोषाध्यक्ष शुसिल राई, किरात राई कलाकार संघको केन्द्रीय अध्यक्ष रामकर राई, यायोक्खा केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश १ समिति, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा लगायतका जिल्ला र भातृ तथा भाषिक समितिका प्रतिनिधिहरु बैठकमा सहभागि रहेका थिए । 

    यायोक्खा इटहरी बैठकले प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले घोषणा गरेको फागुन २७ गते साँझको राँके जुलुस, २८ गतेको आम हड्ताल र ५ गतेको विराटनगरमा हुने बृहत जनप्रदर्शनको लागि सबै तहका नेता, कार्यकर्ताहरु परिचालित हुने निर्णय भएको किराया १ नं. प्रदेश समितिको सचिव राम माण्डुपा राईले जानकारी दिए । 

    कोशी प्रदेश नाम खारेजीको लागि घोषित आन्दोलनलाई भब्य बनाउन कम्तिमा फागुन ३ गतेसम्म जिल्ला, पालिका स्तरसम्म बैठक, भेला, प्रशिक्षण राखेर आन्दोलनमा केन्द्रीकृत हुने निर्णय भएको सचिव राईले बताए । 

    यायोक्खा प्रदेश नं. १ को पुनः नामकरण आन्दोलन जनपरिचालन समिति र पालिका स्तरसम्म गठन गर्ने, कोशी प्रदेशको खारेजी किन भन्ने बिषयमा जिल्ला, पालिकादेखि गाउटोलसम्म बौद्धिक प्रशिक्षण भेला, बैठकहरु सञ्चालन गर्ने निर्णय भएको छ ।  

    किरात राई यायोक्खा केन्द्रीय समितिले कोशी नाम खारेजीको लागि केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको नेतृत्वमा समिती गठन गरिसकेको छ ।प्रदेश स्तरीय समिती केन्द्रीय समितिको निर्देशन र गठन गरेको सम्बन्धीत समितिहरुसँग समन्वय गर्दै अघि बढ्ने निर्णय भएको छ । 

    शान्तिपूर्ण आन्दोलन उठाउन गाउँगाउँ, टोलटोलबाट जनतालाई आन्दोलनमा सहभागि गराउने र कोशी नाम खारेजी र आन्दोलन किन ? भन्ने बिषयमा बौद्धिक तथा सांगठनिक प्रशिक्षण चलाउने निर्णय गरिएको छ ।

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …