• मोरङ । छापामार शैलीमा प्रदेश १ को नाम कोशी राखिएको विरुद्धमा आज (शनिबार) १४ जिल्लाको बिभिन्न सहरमा राँके जुलुस प्रदर्शन भएको छ ।
    चार दलका चार नेताहरुको गोप्य योजनामा षड्यान्त्रपूर्ण रुपमा कोशी नाम ल्याएको भन्दै खारेजीको माग गर्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, शेर्पा संघ र नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समितिको संयोजनमा आन्दोलन सुरु भएको हो । एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस)का पहिचान पक्षधर नेता कार्यकर्ताहरु, जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनमुक्ति पार्टी लगायतका ३० भन्दा बढी संगठन मिलेर संयुक्त रुपमा आन्दोलन सुरु गरेको हो । 
    आन्दोलनलाई निर्णायक मोडमा पु¥याएरै छाड्ने प्रतिबद्धासहित सुरु भएको आन्दोलन आज (फागुन २७) साँझ राँके जुलुसको आयोजना भएको हो । 
    राँके जुलुस प्रदेशको राजधानी विराटनगर, मोरङकै पथरीशनिश्चरेको पथरी बजार, उर्लाबारी, बेलबारी, सुनसरीको धरान, इटहरी, झापाको दमक, विर्तामोड, काँकडभिट्टा, इलाम, पाँचथरको फिदिप, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुरको गाइघाट, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जिल्लाका हरेक जस्तो सहरहरुमा राँके जुलुस प्रदर्शन भएको किरात राई यायोक्खा केन्द्रीय महासचिव भीम राईले बताए । 
    किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनको अनुसार सम्पूर्ण जिल्लाहरुमा ब्यापक रुपमा राँके जुलुस प्रदर्शन भएको छिटफुट ठाउँहरुमा प्रहरीसँग झडप भएपनि शान्तिपूर्ण रुपमा प्रदर्शन भएको जानकारी दिए । 
    विराटनगरमा राँके जुलुसमा प्रहरीले हस्तक्षेप गर्न खोजेपनि लोकतान्त्रिक चोकसम्म पुगेर नारा जुलुस र कोणसभा भएको यायोक्खा कर्मी बिष्णु राईले बताए । मोरङकै पथरीशनिश्चरेमा जसपा नेपाल केन्द्रीय सदस्य लोकसागर साम्बा, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, सदस्य नरहाङ राई, लिम्बू विद्यार्थी मञ्चको पूर्ब केन्द्रीय अध्यक्ष फिपराज बेघा लगायतको उपस्थिति रहेको थियो ।
    एमाले अखिलको केन्द्रीय सचिवालय सदस्य निता राई, यायोक्खा जिल्ला सचिव काँशीहाङ राई, नेपाल आदिबासी जनजाति महासंघ नगर अध्यक्ष देबेन्द्र वनेम लगायतको नेतृत्वमा जुलुस यलम्बर चोकदेखि मुख्य सडकहुँदै जाँते मोड पुगेर कोण सभामा परिणत भएको थियो । 
    बेलबारीमा जसपाको नेता केदार धिमाल लगायतको नेतृत्वमा जुलुस निस्केको थियो । उर्लाबारीमा किरात मोर्चाका तेन्धोङ लिम्बू, झापा दमकमा किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष डेकिन्द्रसिंह थेगिम लगायतको नेतृत्व रहेको थियो । 
    प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले भोली फागुन २८ गते आम हड्ताल र चैत्र ५ गते विराटनगरमा लाख बढीको जनप्रदर्शनको तयारी गरेको छ । 
    आन्दोलन सफल पार्न नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव दिवस राई, पूर्ब महासचिव अभियान्ता आङ्काजी शेर्पा लगायत प्रदेश झरेका छन् । 
    किरात याक्थुङ चुम्लुङ, यायोक्खा लगायतका नेतृत्व प्रदेश १ केन्द्रित छन् । आन्दोलन घटक संगठनहरु लिम्बुवानका कुमार लिङ्देन, ज्ञानबहादुर गुरुङ, अशोक चेम्जोङ, किरात मोर्चाका मिशेकहाङ लिम्बू, नवीन किराती, जनमुक्ति पार्टीको केपी पालुङ्वा, माओवादी पार्टी सम्बद्ध लिम्बुवान र किराती मोर्चा लगायतका नेताहरु आन्दोलनमा रहेका छन् । यता पूर्ब मन्त्री गोपाल किरातीको टोली पृथ्वीनारायण शासाले एकीकरण गरेको नेपाल सबै नेपालीको नभएको भन्दै किरात देश अभियानसहित चैत्र १ देखि पाँचथरको फिदिमबाट भोजपुर, खोटाङ, ओखलढुङ्गाहुँदै काठमाडौसम्म पैदल यात्रा थाल्ने भएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को लागि बजेट नीति तथा कार्यक्रम ल्याउन…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधी आयोजक—२ नं. वडा पा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…