• मोरङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश नं. १ का पूर्ब मुख्यमन्त्रीहरु शेरधन राई र राजेन्द्रकुमार राईलाई प्रदेश नामकरणको सन्दर्भमा प्रदेशबासीले धन्यवाद दिनुपर्ने बताएका छन् ।
    प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिको बिहिबार साँझ जुम प्रविधिमा बसेको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । 
    अध्यक्ष लिङ्देनले शेरधन र राजेन्द्रकुमार राईको प्रशंसा गर्दै मुख्यमन्त्रीहुँदा पहिचान विरोधी नाम रोक्न सफल भएको भन्दै प्रदेशबासीले धन्यवाद दिनुपर्ने लिङ्देनको भनाइ थियो । कोशी हुनुभन्दा प्रदेश १ नै साझा हुने लिङ्देनको भनाइ थियो । 
    कोशी प्रदेश नाम ध्वस्त पार्न आन्दोलनलाई निरन्तरता दिदै गाउँगाउँ छिरेर जनचेतना जगाउँदै विराटनगर शक्ति केन्द्रीत गरेर निर्णायक लडाई लड्नु पर्ने अध्यक्ष कुमार लिङ्देनले विचार राखेका थिए । 
    किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम एक्तेनको सभापतित्वमा भएको बैठकमा नेपाल आदिबासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव दिवस राई, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जनक राई, चुम्लुङ्की महासचिव निरन्ती तुम्बापो, किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष डेकेन्द्रसिंह थेगिम लगायतले फागुन १७ गते पछिको आन्दोलनको समीक्षा, भावि योजना र प्रभावकारी बनाउने बारे विचार राखेका थिए । 
    बैठकमा भखैरै छ वटा पार्टी एकता गरी बनेको समितिको संयोजक सञ्जुहाङ पालुङ्वा, नेकपा (एस)का कृष्ण चोङ्बाङ, किरात मोर्चाको अध्यक्ष मिसेकहाङ थाम्सुहाङ, जसपा सम्बद्ध किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, लिम्बुवान समितिका मुख्य सचिव केदार धिमाल, खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय उपाध्यक्ष दिलराम राई लगायतले विचार राखेका थिए ।
    फागुन १७ गते कौशिक ऋषि अर्थात एउटा वंश (गोत्र)को नाममा प्रदेशको नाम कोशी राखिएको भन्दै प्रदेशमा मुख्य केन्द्र रहेको किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समिति, किरात धार्मिक तथा साहित्य उत्थान संघ लगायतका सामाजिक संस्थाहरु, पहिचानमा आधारित पार्टीहरु संगठित भएर कोशी नाम खारेजी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा एमाले, कांग्रेस, माओवादी भित्रका पहिचानवादी नेता कार्यकर्ताहरुको पनि समर्थन रहेको छ ।
    फागुन १७ देखि नै विराटनगर लगायतका क्षेत्रमा प्रदर्शन, कोशी प्रदेशमा मत दिने सांसदहरुलाई कालो मोसो दल्ने, गाउँ छिर्न निशेध गर्ने, स्थानीय तहको सरकारी कार्लालयहरुमा ताला लगाउने, कालो झण्डा गाड्ने लगायतको कार्यक्रम चलिरहेको छ । 
    फागुन २७ गते साँझ १४ जिल्लाको हरेक टोलमा मशाल जुलुस प्रदर्शन गर्नुको साथै २८ गते आम हड्ताल आयोजना भएको थियो । हालसम्मको आन्दोलन सफलतापूर्ण अघि बढेको समीक्षा गर्दै बैशाख ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…