मोरङ । संघीय सांसद दुर्गा राईले कोशी नाम विरुद्धको आन्दोलनलनरत पक्षलाई वार्तामा बोलाएर समस्या समाधान तिर लाग्न सरकारको ध्यान आकार्षण गरेका छन् ।
आइतबार संसदमा बोल्दै राईले प्रहरीसँगको झडपमा निधन भएका पदम लिम्बू (लाजेहाङ) बारे सदनलाई जानकारी गराउदै श्रद्धाञ्जली र परिवारजनमा समबेदना प्रकट गरेका छन् । लिम्बू परिवारलाई क्षतिपुर्ति र सहिद घोषणा गर्न समेत राईले माग गरेका छन् ।
कोशी नाम खारेजीको लागि प्रदेशको गाउँगाउँमा आन्दोलन भइरकेको सरकारको ध्यान आकर्षण गराउदै सरकार र दलहरु जिम्मेवार बन्नु पर्ने सांसद राईको भनाइ थियो । सरकारले प्रदेश १ को समस्या समाधानको लागि मन्त्री स्तरीय वार्ता समिति बनाएर वार्तामा बोलाउनु पर्ने बताए । समयमै सरकारले ध्यान नदिए सातै प्रदेशमा आन्दोलन हुनसक्ने राईको भनाइ थियो ।
खोलानालाले पहिचान नमागेको भन्दै पहिचानको आधारमा नामकरण हुनुपर्ने सांसद दुर्गा राईको बनाइ थियो । समाजवादको एउटा आधार पहिचान भएको राईको भनाइ थियो ।