• मोरङ । रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्नेली राईसहित तीन जनालाई मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषले नगदसहित सम्मान गर्ने भएको छ ।
    पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई एक लाख ६३ हजार नगदसहित सम्मान गर्ने आज (सोमबार) पत्रकार सम्मेलनको अयोजना गरी जनाएको हो । 
    चन्द्रमान कन्दङ्वा (सीएम)को जन्म दिनको अवसर पारेर चैत्र २९ गते साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद एक लाख एक हजारसहित सि.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ ले सम्मानित गर्ने भएको हो ।
    झापा दमक नगरपालिका—१ स्थायी बसोबास भएका सम्मानित व्यक्ति प्रा.डा. भट्टराईले ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको छ । भट्टराईले ३२ भन्दा बढी सम्मान पाइसकेका छन् । 
    त्यसैगरी दार्जेलिङ भारतमा जन्म भएका अनिल फागोलाई ५१ हजारसहित सि.एम.कन्दङ् युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९ र मोरङ पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ले सम्मान गर्ने निर्णय भएको सि.एम.कन्दङ्वा स्मृति कोष सञ्चालक समितिको उपाध्यक्ष रबिन कन्दङ्वाले जानकारी दिनुभयो । 
    संगीत विधामा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आउनु भएको छ । भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गर्नुभएको फागोले विभिन्न गीतहरुमा संगीत भर्नुभएको छ । 
    सुशिला.कन्दङ्वा सीएम कन्दङ्वाको धर्ममन्त्री हुनुहुन्छ । कोषले स्थापना गरेको सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई २१ बर्ष अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आउनु भएको छ । गोरखापत्र दैनिक लगायतका सञ्चार माध्यममा संवाददाताको रुपमा काम गर्नुभएका राई हाल रातोकलम डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।
    प्रधान सम्पादक राई पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुरबाट एम.ए. गर्नु भएको राई हाल पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविको कक्षा ११ र १२ मा पत्रकारिता बिषय पढाउदै आउनु भएको छ । पत्रकारितासँगै सामाजिक क्षेत्रमा कार्यारत पत्रकार राईलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाले यस अघि अग्रज पत्रकारिता सम्मान गरेको थियो । नगरसँगै डेढ दर्जन भन्दा बढी संघ संस्थाहरुद्वारा सम्मानित भइसक्नु भएको छ । 

    चन्द्रमान कन्दङ्वा (सीएम) प्रजातान्त्रिक आन्दोलनको सेनानी तथा पूर्बी नेपालको शिक्षाको अभियान्ता हुनुहन्थ्यो । वि.स. १९८१ चैत्र २९ गते जन्मिनु भएका कन्दङ्वाले २०४३ सालमा पथरीमा एभरेष्ट अंग्रेजी आवासीय माविको स्थापना गर्नुभएको थियो । २०६२ मा देहान्त भएपछि स्कृलले सि.एम.कन्दङ्वा स्मृति कोष स्थापना गरी साहित्य, कला, पत्रकारिता, भाषा, संस्कृति क्षेत्रको बिकास गर्ने उदेश्यले सम्मान गर्दै आएको हो । 
    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्मान वितरण हुने पत्रकार सम्मेलनमा समितिको अध्यक्ष डा. रामनारायण कन्दङ्वा र सचिव ओमप्रकाश पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख छ । पत्रकार सम्मेलनमा सीएम कन्दङ्वा स्मृति कोषको सहसचिव ज्योति साँबा, सदस्य वेदनिधि खनाल, पार्वता भट्टराई, अर्जुन सिन्चुरी, दिनेश कन्दङ्वा लगायतको उपस्थिति रहनु भएको थियो । 
    यस अघि सोही कोषबाट संगीत क्षेत्रका एलपी जोसी र साहित्य क्षेत्रका धनकुटे कान्छालाई सम्मान गरिएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…