मोरङ । कोशी प्रदेश नाम राखिएको र पदम लिम्बू (लाजेहाङ) झडपमा मारिएको विरुद्धमा मंगलबार (चैत्र १४) गते विराटनगरमा प्रदर्शन हुने भएको छ ।
प्रदेश सभा सदस्यहरु एकै ठाउँ भेला भएर कार्यक्रममा सहभागि हुने भएपछि प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आकस्मिक रुपमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तयार भएको हो ।
किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको अध्यक्षतामा सोमबार साँझ प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको भर्जुअल बैठकले विरोधको कार्यक्रमहरु थप शसक्त बनाउदै लाने निर्णय गरेको छ ।
त्यसैगरी मंगलबार स्थानीय पालिकाहरुमा तालाबन्दी कार्यक्रमसमेत राखेका छ । यता बेलबारी लालभित्ति स्थित लाजेहाङको घरमा सरकारी छानविन समितिका मानिसहरु आउने भएपछि एउटा टोली त्याहाँ पनि पुग्ने कार्यक्रम रहेको किरात याक्थुङ चुम्लुङको महासचिव निरन्ति तुम्बापोले बताए ।