• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आज भएको भेलाले ३०१ सदस्यीय प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गठन भएको छ । 
    नेपाल आदिबासी जनजाति महासंघ नगर समितिको अध्यक्ष देवेन्द्र वनेमको सभापतित्वमा सिरिजङ्गा धार्मिक वनमा भएको भेलाले किरात राई यायोक्खा नगर अध्यक्ष प्रेम वाम्बुले राई, किरात याक्थुङ चुम्मुङ नगर अध्यक्ष विक्रम लिम्बू, किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष ज्ञानबहुर राई, तमु ह्युला गुरुङ राष्ट्रिय परिषद अध्यक्ष राजेन्द्र गुरुङ, तामाङ घेदुङ संघका कर्म तामाङ, उराव संघको बासुदेव उराउ लगायत समितिमा रहेका छन् ।
    मगर, माझी, भुजेल, थारु, शेर्पा, राजवंशी, सुनुवार, याक्खा, धिमाल लगायतका नेपाल आदिबासी जनजाति महासंघको नगरमा आबद्ध १६ वटा संस्था, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नगर समिति, जसपाको पथरीशनिश्चरे नगर समितिको पदाधिकारी र सबै सदस्यहरु संयुक्त संघर्ष समिति रहेका छन् । नेकपा (एस)का नेताहरु समेत संघर्ष समितिको सदस्य रहेका छन् । 
    भेलामा केन्द्रीय संयुक्त संघर्ष समितिको सदस्य संस्था किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेली राई, जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य लोकसागर साम्बा, यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, तमु ह्युला गुरुङ राष्ट्रिय परिषद नगर अध्यक्ष राजेन्द्र गुरुङ लगायतले पहिचानको आन्दोलन बारे विचार राखेका थिए । 
    बक्ताहरुले कोशी नाम खारेजी नभएसम्म आन्दोलन निरन्तर रहने र आन्दोलन सहअस्तित्व, शान्ति, संमृद्धि, समाजवाद स्थापनाको लागि भएकोले एमाले, कांग्रेस, माओवादी केन्द्र लगायत पार्टीका नेता कार्यकर्ताहरु लाग्नु पर्ने बक्ताहरुको भनाइ थियो । आन्दोलन कसैको अधिकार खोस्न होइन । पहिचानको आधारमा नाम राख्दा कसैको हार नभएर जितैजित हुने बताएका छन् । 
    बैठकले पहिचान आन्दोलनको प्रथम सहिद पदम लिम्बू (लाजेहाङ)को ९ गते हुने अन्त्यष्ठि प्रकृया, १० गते सुनसरीको इटहरी प्रदर्शन र ११ गतेदेखि विराटनगरमा हुने आन्दोलनमा नगरबाट शसक्त रुपमा सहभागि हुने निर्णय भएको छ । 
    आजै विहान लाजेहाङको अन्त्यष्ठि प्रकृया र आन्दोलनमा सहभागि बारे सोही स्थानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय अध्यक्ष कुमार लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघको रामभक्त कुरुङ्बाङ, जसपाको लिम्बुवान राष्ट्रिय समिति महासचिव केदार धिमाल, धिमाल जातीय विकास केन्द्रको महासचिव मातृका धिमाल, किरात राई यायोक्खा जिल्ला अध्यक्ष केदार राई, किरात याक्थुङ चुम्लुङको अध्यक्ष डम्बर कुरुम्बाङ लगायतको उपस्थितिमा छलफल भएको थियो । भोली (सुक्रबार) बेलबारीमा मोरङ जिल्ला स्तरीय संयुक्त संघर्ष समिति गठन हुँदैछ । 

     


     

सम्वन्धित समाचार

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …