• मोरङ । नेपाली कांग्रेसको नेता तथा पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगै हिडेर लामो समयसम्म कांग्रेस राजनीति गरेका जयराज संयोग कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा सक्रिय भएका छन् । 


    मोरङको कानेपोखरी स्थायी घर भएका लिम्बू नेपाली कांग्रेसको १३ र १४ औ महाधिवेशन प्रतिनिधि हुन् । कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघको पूर्ब मोरङ जिल्ला सभापतिसमेत भएका लिम्बू गएको निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको स्वतन्त्र उमेद्वार रहेका थिए । 


    प्रदेशको नाम कोशी राखिएपछि प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको मोरङ जिल्ला सचिव रहेका जयराज संयोग लिम्बू कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा लागेका हुन् । 
    शनिवार मोरङको सुन्दरहरैचा र रतुवामाइ नगरपालिकामा कोशी नाम खारेजीको संयुक्त संघर्ष समिति गठन भएको छ । 


    संयुक्त संघर्ष समिति गठन गर्ने क्रममा रतुवामाइ नगरपालिकामा जयराज संयोगले उत्पीडित समुदायहरु सहअस्तित्वको लागि संघर्षमा उत्रिनुपर्ने बताए । 
    प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा नाम राख्न गाउँगाउँबाट उठ्नुपर्ने विचार राख्दै जयराज संयोग लिम्बूले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतको पार्टीहरुमा अझै ५० बर्ष आदिबासी जनजाति, दलित, मुश्लिम, मधेशी लगायतका उत्पीडित जाति बर्गलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष बन्न नदिने बताए । 


    आफु विद्यार्थी राजनीति गर्दा पूर्ब प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगै हिडेको प्रसंग कोट्याएका थिए । आदिबासी जनजाति जातिले जिउ, हजुरी गर्न नजान्ने र पार्टीका नेताहरु वरिपरी घुमोस भन्ने चाहना राख्ने गरेको प्रसंग उल्लेख गर्दै यी पार्टीहरुमा कुनै जनजाति अवसर लिने रुपमा स्थापित भएमा उस्लाइ दबाएर अर्को जनजातिलाई केही हदसम्म उठाउने खेल हुने गरेको बताए । 


    २००७ साल, २०४६ र २०६२÷०६३ को आन्दोलनमा जनजाति नेताहरुको राना, पञ्च र राजतन्त्र ढाल्न महत्वपूर्ण भूमिका खेलेपनि शासन सत्तामा पुग्ने अवसर कहिले नदिइएको लिम्बूले बताए । 
    कार्यक्रममा संघर्ष समितिको मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुम्बाङ्ग, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, जसपा सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव केदार धिमाल, संघर्ष समितिको जिल्ला सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख बेदेन्द्र श्रेष्ठ, किरात याक्थुङ चुम्लुङको केन्द्रीय परिषद सदस्य टेकबहादुर पन्धाक, संघीय लोकतान्त्रिक राष्ट्रि परिषदका रामचन्द्र मगर लगायतले कोशी प्रदेश नाम खारेजी बारे विचार राखेका थिए । कियाचुको नगर अध्यक्षको सभापतित्वमा भएको कार्यक्रम सुर्य आङ्बुहाङ्गले सञ्चालन गरेका थिए । 
    भेलाले बलबहादुर लिम्बूको संयोजकत्वमा ५१ सदस्यीय संयुक्त संघर्ष समिति गठन गरेको छ । सहसंयोजकमा प्रमिला माझी, सचिवमा बलबहादुर राई र कोषाध्यक्षमा सुहाङ आङ्बुहाङ्ग रहेका छन् । 
    सदस्यहरुमा राजु लिम्बू, गोपाल श्रेष्ठ, बिजय तामाङ लगायत रहेका छन् । भेलाले रतुवामाइ नगरमा रहेका ११ वटा जातीय संगठन, किरात धर्म तथा साहित्य उत्थान संघ, जसपा, संघीय लोकतान्त्तिक राष्ट्रिय मञ्च, माओवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेशन लगायत सामाजिक, राजनीतिक संगठनबाट सदस्य चयन गरिएको छ । 

     


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …