•  काठमाडौँ, २० वैशाख  

     यही वैशाख २० गते अर्थात् मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस । यस अवसरमा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । ‘स्वतन्त्र एवं बहुलतावादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आइएको हो । 

        युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षपातीहरूको सहभागिता रहेको उक्त भेलामा विन्डहक घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाउनाका साथै प्रेसको स्वतन्त्रता र प्रेसले बहुलतामा ध्यान दिनुपर्ने दायित्वका विषयमा उक्त सम्मेलनले आफूलाई प्रस्टरूपमा उभ्याएको थियो । 

        संयुक्त राष्ट्र सङ्घ महासभाले ३ मेलाई विश्व प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिवसका रूपमा घोषणा गरेको तीन दशक बितिसकेको छ । यसबीच एकातिर सबै स्वतन्त्रताहरुको प्रमुख मियो प्रेस स्वतन्त्रता हो भन्ने कुरा पुष्टि भइसकेको छ भने अर्कोतिर प्रेस स्वतन्त्रतामाथि नयाँ नयाँ चुनौती थपिँदै गएका छन् । अभिव्यक्ति स्वतन्त्रता र मिडिया स्वतन्त्रता कुण्ठित हुँदा हाम्रा सबै स्वतन्त्रताहरू जोखिममा परेको र पत्रकारहरु नै सडकमा राजनीतिक मुद्दा बोकेर उत्रनु परेका कैयौँ उदाहरण हामीसँग छन् । यसैगरी, डिजिटल मिडिया प्लेटफर्मको विकासले परम्परागत मिडियामाथि चुनौती थपिनाका साथै प्रेसको विश्वसनीयतामाथि नै प्रश्नहरु उठ्न थालेका छन् । यस अवस्थामा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको स्वतन्त्र प्रवाह र पत्रकार सुरक्षाका विषयमा विहङ्गम छलफल हुनु आवश्यक छ ।

        प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको महत्व

        यस वर्ष युनेस्कोले ‘अभिव्यक्ति स्वतन्त्रता अन्य सबै मानव अधिकारका लागि वाहक’का रूपमा रहेको ठहरसहित स्वतन्त्रता दिवसको आयोजना गर्दैछ । सबै मानव अधिकारहरुमध्ये प्रमुख र शीर्ष स्थानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको स्थान रहनुले यसको महत्व स्वतः स्पष्ट हुन्छ । हामीले जुनकुनै राज्य व्यवस्था लोकतान्त्रिक हो कि होइन भनेर मापन गर्ने आधार पनि त्यहाँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताको अवस्था के छ, त्यसका आधारमा छुट्याउन सक्दछौँ । प्रेसले पूर्ण रुपमा स्वतन्त्रता पायो भने मात्रै त्यसले जनतालाई सही सूचना सम्प्रेषण गर्नाका साथै लोकतान्त्रिक शासनलाई जिम्मेवार र उत्तरदायी बनाउन पनि भूमिका खेल्न सक्छ । त्यसैले पूर्ण लोकतन्त्रमा मात्रै पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्भव हुन्छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…