• पथरी उद्योग वाणिज्य संघ महासचिव राजेन्द्र बस्नेत, प्रहरी निरीक्षक राजेन्द्र पौडेल र ज्योति विकास बैंकका प्रदेश प्रमुख राजेश सुबेदी छलफलको क्रममा

    मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा रहेको ज्योति विकास बैकले विमा नवीनकरण नगराइदिदा व्यावसायी मारमा पर्ने भएपछि विगत तीन दिनदेखि कार्यालयमा तनाव भइरहेको छ ।
    मोरङको पथरीशनिश्चरे—१ मा रहेको पथरी स्टिल वर्कसपले ज्योति विकास बैंकबाट महिला उद्यमीको रुपमा धितो बिन सात लाख ऋण लिएको थियो । ऋण लिएसँगै व्यवसायी विमा अनिवार्य जस्तो हुन्छ । व्यवसायी आफैले तिरेर वा बैंकले विमा र नवीकरण गराएर ब्यापारीबाट विमा रकम लिनुपर्ने हुन्छ । 
    पथरी स्टिल वर्कसपमा गत बैशाख २९ गते आगलागी भयो । आगलागी पछि विमाको बिषय उठ्यो । 
    पथरी स्टिल वर्कसपले प्रहरी र स्थानीय प्रतिनिधिहरु समेतको रोहोवरमा आगलागिबाट चार लाख ९० हजारको क्षति भएको विवरण तयार पा¥यो । 
    विमा रकम दावी गर्ने क्रममा पथरी स्टिल वर्कसपको व्यावसायिक विमा नवीकरण नगरिएको वा बैंकले नगरिदिएको बिषय खुल्यो । 
    लगानी भएको व्यवसायीलाई बैंकले फोन गरेर विमा गर्न सूचना दिन्छ वा आफै नवीकरण गराएर विमा रकम लिने सिष्टम रहेको छ । पीडित भरत भण्डारी अर्थात पथरी स्टिल वर्कसपको सन्दर्भमा ज्याति विकास बैंकले सो गरेको पाइएन् । 
    बैंकको कमजोरी वा लापार्बाहीको बिषयलाई लिएर पथरी उद्योग वाणिज्य संघको कार्यबाहक अध्यक्ष यादवचन्द्र दुलाल, महासचिव राजेन्द्र बस्नेत लगायतको टोलीले चासो लिदै बैंकमा पुगेर पीडित भरत भण्डारीलाई न्याय दिन दबाब दिदै आएका छन् । पीडित भण्डारी र ब्यापारीहरु विमित रकम पाउनुपर्ने बताउदै आएका छन् । 
    यसै क्रममा पीडित भण्डारी, उद्योग वाणिज्य संघका प्रतिनिधि र समर्थक व्यावसायीहरुले आज (बिहिबार) करिव २ घण्टाजति ज्योति विकास बैंकको पथरी शाखा घेराउ गरेका थिए । त्यसपछि पथरी उद्योग वाणिज्य संघको कार्यालयमा लामो छलफल भएको थियो । 
    छलफलमा ज्योति विकास बैंकको प्रदेश प्रमुख राजेश सुबेदी, सुपर भाइजर रोशन थापा, पथरी शाखाका कर्मचारी उमेश न्यौपाने थिए । पीडित भरत भण्डारीको साथै पथरी उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष दुलाल, महासचिव बस्नेत लगायतका प्रतिनिधिसँगै रहेका थिए । छलफलमा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजेन्द्र पौडेल लगायतका टोलीसँगै रहेका थिए । 
    यसै क्रममा ज्योति विकास बैंकको तीन जना कर्मचारीलाई केन्द्रसँग छलफल गरेर निर्णय दिन भन्दै उद्योग वाणिज्य संघको कार्यालय भित्र राखेर सहभागीहरु केही बेर बाहिरिएका थिए । बैंकको कर्मचारीसँग एक प्रहरी नायव निरीक्षक (सई)सँगै छाडिएको थियो । 
    यो बिषय ज्योति बिकास बैंकका कर्मचारीलाई ब्यापारिले थुनिएको भनेर सामाजिक सञ्जाल मार्फत प्रचार भएपछि प्रहरीको माथिल्लो निकायको पथरीमा ध्यान केन्द्रीत भएको थियो । 
    बिहिबार भएको छलफलमा ज्योति बिकास बैंकको केन्द्रीय प्रतिनिधि सुक्रबार पथरीमा आउने र समाधान दिने लिखित सहमति भएको पथरी उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष यादवचन्द्र दुलालले बताए । 
    पीडित पक्ष भरत भण्डारी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु र समर्थकहरु आगलागीबाट भएको क्षति स्वतह बैंकले बेहोर्नुपर्ने अडानमा छन् ।
    यता ज्योति बिकास बैंक पथरी शाखाका ऋण प्रमुख बिबेक गुरागाइले भने बैंकले विमा नवीकरण नभएपनि विमा पोलेसीले भेट्ने जति बेहोर्ने प्रतिबद्धता गरेर विमाको प्राविधिक घट्ना स्थल लगेर क्षतिको विवरण संकलन गर्न प्रयास भएको बताए । 
    यद्यपि घट्ना स्थल पुग्दा वातावरण बिग्रियपछि विमा प्राविधिकले प्रतिवेदन दिन नमानेको गुरागाइले बताए । विमा पोलेसीले भ्याएजति स्टिल आइटमको क्षति बेहोर्ने मनस्थितिमा बैंक पुगेपनि ४ लाख ९० हजार बेहोर्नै पर्ने दबाब आएपछि तत्काल समाधान हुन नसकेको बैंक पक्षको भनाइ छ । 
    अर्का बैंक कर्मचारीले भने ‘बिभिन्न व्यक्तिहरु कार्यालय आएर बाहिर निस्की कालो मोसो दल्छौ भन्छ, कोही दलदल भन्छन् ।’ कोही भौतिक रुपमा त कोही फोन मार्फत पनि बैंक कर्मचारी माथि दुव्र्याबहार भइरहेको ती कर्मचारीको भनाइ छ । बैंक विरुद्ध फैलिएको नकारात्मक धारणाको कारण पनि ज्योति विकास बैंकको कर्मचारीहरुले समस्या झेल्नु परेको उनको भनाइ थियो ।  
     

सम्वन्धित समाचार

इलाम । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्…

मोरङ । पहिचान आन्दोलनको सहिद पदमकुमार लिम्बू (लाजेहाङ)ं परिवारलाई वार्ताको सहमति अनुसार प्रदेश सरकारले …

मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित शान्ति सामुदायिक वन उपभोक्ता समूहले नयाँ समिति आएपछि पाँच महिनाको …

सुनसरी । बुद्धिचाल (चेस) खेलमा नेपालकै दोस्रो पुरस्कार बिजेता लोकसागर साम्बालाई सुनसरी बुद्धिचाल संघले स…