• इलाम । प्रदेशको नाम कोशी राख्न प्रस्ताव गर्ने प्रदेश सभा सदस्य राम रानामगरमाथि बुधबार आफ्नै जिल्ला इलाममा आक्रमण भएको छ । 
    प्रदेश सभा सदस्य मगरले छापामार शैलीमा ल्याइएको प्रदेशको नाम कोशीको समर्थक हुन् ।
    नेकपा (एमाले) जिल्ला समितिको बैठकको लागि इलामको माङ्सेबुङ्ग जाँदै गर्दा माङ्सेबुङ्ग गाउँपालिका–३ पुरानो गाविस भवन क्षेत्र (घर्ति दोभान)मा पुग्दा आक्रमण भएको थियो । दिउँसो करिव १ बजे भउको आक्रमणबाट प्रदेश सांसद राना चढेको बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि, पछाडि, साइड सम्पूर्ण सिसा फुटेको छ । 
    गाडिको सम्पूर्ण सिसाहरु फुटेपनि सासंद राना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले बताए । आक्रमण पछि राना बैठकमा सहभागि नभइ सोही गाडिबाट बिराटनगर फर्किएका थिए । राना नेकपा (एमाले)का केन्द्रिय सदस्यसमेत हुन् । यो बिषयमा एमाले केन्द्रीय प्रचार विभागको सचिव गगन विष्टले विज्ञप्ति प्रकाशन गरी ध्यान आकर्षण भएको जनाएको छ । 
    प्रदेश नं. १ को नाम कोशी राखिएपछि पहिचानवादी शक्तिहरुले आन्दोलन गर्दै आएका छन् । कोशी नामको प्रस्तावक, समर्थकसहित भोट दिने ८२ प्रदेश सांसद र कोशी नाम राख्न मुख्य निर्देशन दिने केपी ओलीलाई प्रदेशको हरेक जिल्लामा कालो झण्डा देखाउने लगायतको कार्यक्रम गर्दै आएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…