• इलाम । प्रदेशको नाम कोशी राख्न प्रस्ताव गर्ने प्रदेश सभा सदस्य राम रानामगरमाथि बुधबार आफ्नै जिल्ला इलाममा आक्रमण भएको छ । 
    प्रदेश सभा सदस्य मगरले छापामार शैलीमा ल्याइएको प्रदेशको नाम कोशीको समर्थक हुन् ।
    नेकपा (एमाले) जिल्ला समितिको बैठकको लागि इलामको माङ्सेबुङ्ग जाँदै गर्दा माङ्सेबुङ्ग गाउँपालिका–३ पुरानो गाविस भवन क्षेत्र (घर्ति दोभान)मा पुग्दा आक्रमण भएको थियो । दिउँसो करिव १ बजे भउको आक्रमणबाट प्रदेश सांसद राना चढेको बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि, पछाडि, साइड सम्पूर्ण सिसा फुटेको छ । 
    गाडिको सम्पूर्ण सिसाहरु फुटेपनि सासंद राना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले बताए । आक्रमण पछि राना बैठकमा सहभागि नभइ सोही गाडिबाट बिराटनगर फर्किएका थिए । राना नेकपा (एमाले)का केन्द्रिय सदस्यसमेत हुन् । यो बिषयमा एमाले केन्द्रीय प्रचार विभागको सचिव गगन विष्टले विज्ञप्ति प्रकाशन गरी ध्यान आकर्षण भएको जनाएको छ । 
    प्रदेश नं. १ को नाम कोशी राखिएपछि पहिचानवादी शक्तिहरुले आन्दोलन गर्दै आएका छन् । कोशी नामको प्रस्तावक, समर्थकसहित भोट दिने ८२ प्रदेश सांसद र कोशी नाम राख्न मुख्य निर्देशन दिने केपी ओलीलाई प्रदेशको हरेक जिल्लामा कालो झण्डा देखाउने लगायतको कार्यक्रम गर्दै आएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…