•  मोरङ । कोशी नाम खारेजीको माग राख्दै मोरङको बेलबारीमा आगामी जेठ १३ गते पूर्ब पश्चिम मुख्य सडकमै ‘सडक साकेला कार्यक्रम—५०८३’ हुने भएको छ । 
    किरात राई समुदायको मुख्य सांस्कृतिक चाड उभौली साकेला विश्वभर मनाइ रहेका छन् । साकेला पूर्बी नेपालमा मुख्य बसोबास रहेको राई समुदायको चाड हो । 
    यायोक्खा केन्द्रीय समितिले यो बर्षको साकेला पहिचानको आन्दोलनको रुपमा मनाउन विश्वभर सर्कुलर गरेको थियो । यसै क्रममा काठमाडौको नयाँ बानेश्वर, सुनसरीको धरान, इलाम सदरमुकाम लगायतका स्थानमा सडकमा साकेलासहितको सांस्कृतिक कार्यक्रम भइसकेको छ । 
    यसैवीच किरात राई यायोक्खा मोरङको आइतबार (जेठ ७) बसेको बैठकले जेठ १३ गते शनिबार ‘कोशी नाम खारेजीको लागि सडक साकेला कार्यक्रम—५०८३’ गर्ने निर्णय भएको जिल्ला अध्यक्ष केदार राईले बताए । 
    मोरङ जिल्लामा यो बर्षको साकेला सडकमै आयोजना गरेर समापन गर्ने निर्णय भएको यायोक्खा जिल्ला सचिव काशिहाङ राईले बताए । 
    पहिचान आन्दोलनकै रुपमा सडकमा सकेला मात्र नभएर लिम्बू, सुनुवार, धिमाल, याक्खा, मगर, तामाङ, थारु, गुरुङ, राजवंशी, शेर्पा लगायतका सांस्कृतिक झाँकी प्रदर्शनको लागि आव्हान गरिएको यायोक्खा मोरङ जिल्ला अध्यक्ष केदार राईले बताए । 
    प्रदेश नंः १ पुनः नामकरण संयुक्त संघर्ष समिति, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला र बेलबारी नगर समिति लगायत बिभिन्न सामुदायिक संगठनहरुलाई भब्य बनाउन जनसहभागिताको लागि आनुरोध गरिएको अध्यक्ष राईले बताए । 
    किरात राई यायोक्खा सुनसरी, झापा लगायतका जिल्ला समितिहरु, मोरङमा रहेका १४ भन्दा बढी स्थानीय तहदेखि वडा स्तरीय समितिहरु सडकमा साकेला नाच्न आउने सचिव काशिहाङ राईले बताए । 
    सडक साकेला कार्यक्रमको लागि बेलबारी साकेला थानमा ११ बजे जम्मा हुने । त्यहाँ सम्पूर्ण सहभागि आइसकेपछि १ बजे ¥यालीको रुपमा मुख्यसडक आएर पुरानो मालपोत नजिककै मुख्य सडकमा ३ घण्टा कार्यक्रम हुने बताइएको छ । कोशी नाम खारेजीको लागि मुख्य सडकमा सांस्कृतिक कार्यक्रमहुने भएकोले ३ घण्टा सडक अवरोध हुने बताइएकोछ । सडक साकेला कार्यक्रम सांस्कृतिक आन्दोलनको रुपमा शान्तिपूर्ण हुने अयोजक समितिले जनाएको छ । 


सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…