• भद्रगोल किराती
     

    पृय सहयोद्दा साथिहरु, सेवारो!
    पहिचान, ईतिहास र सभ्यताको 
    खबरदारी गर्दागर्दै 
    दुस्मनको आदेशमा!
    लाठी, अश्रु ज्ञास, गोलिहरु चले 
    म, अग्र-भागमै ढलें।
    दुस्मनको प्रहारलाई, झिँगा सम्झिंए।
    चैत ५ गतेको पिडालाई, उर्जा बनाएर डटिरहें
    केही दिन, दुखाई बिर्सेर,
    पन्चायतको मशान, जगाउनेहरु विरुद्ध  
    आन्दोलनको, योजनाहरु बुन्दै थिए।
    घरको ओछ्यानले थामेन 
    हिक्मत कार्कीको प्रहारलाई
    निको पार्न
    आफन्तहरुले घोपा लगें!

    म, दुईटा भैसकेछु अस्पतालमा 
    शरीर मुडा जस्तो
    आत्मा, चरा जस्तो भुर भुर
    घोपाको कम्पाउण्डभरि डुलिबसें! 
    आमा - बाबाहरुको, गालाका कान्लाभरी
    अरुण तमुर बगिरहेको देखें!
    आफन्तजनको आँखामा 
    असंख्य झरनाहरु उर्लिदै थिए!
    म, अर्को स्वरुपमा पुगिसकेको हुँदा 
    न छोरालाई काँध हाल्न सक्थें।
    न बाबाको लौरों बन्नसकें!

    फ्रीजमा म, ढुंगा भैसके पनि 
    तपाइँहरुको मन मनमा तातो बनेर
    समाचार भै पसिसकेको पाए।
    कहिल्यै ननिभ्ने आँगो, भैसकेको थिए!
    मेरो हातको मसाल 
    देश बिदेशमा सल्केको देखें!
    ईन्डिया, बृटेन, सिङगापुर, नेपाल आदिका 
    सबै सिपाहीहरुको परेडमा 
    मेरो सपनाको लय सुनें!
    यताउती भुर भुर उड्दै 
    दुस्मनको स्वर सुन्न    
    मुख्यमन्त्री निवासमा पुगें।
    म, छक्क परें!
    म, जिउँदो हुँदा भन्दा धेरै तर्सिएको देंखें!
    हातमा डर मेट्ने, ग्लास समाएर 
    वरिपरि भेला भएर खासखुस गर्दै थिएँ!

    आफ्नो शासनको घडेरिमा 
    महाभुँईचालो आउने भयो भनेर 
    हातेफोनबाट
    आफ्नो मालिकलाई दर्साउदै थिए!
    उताबाट प्रभुको भरोसा आयो
    खहरे हो केहि दिनमा सुक्छ!
    भ्यागुता हुन, पानी सुकेपछी 
    ट्यार ट्यार पनि सकिन्छ!
    मैले पनि फिस्स हाँसे 
    धेरै भोल्टेज भएछ क्यारे,
    उस्को निवासको बत्ती पड्कियो।
    एकछीन हिक्मत कार्किको 
    दिमाग पनि सड्कियो।

    महिनौं पछि फ्रीजबाट निस्किनुपर्यो
    हजारौं लाखौं मनहरुमा सर्नु पनी थियो।
    आमसंचार र सामाजिक संजालबाट
    लाखौं करोडौंको आँखाबाट 
    भित्र पस्नु पनि थियो।

    जब हजारौं सहयोद्दाहरुको साथमा 
    यात्रा गर्दै थिए, काँडेतारले बाटो छेक्नेहरुको विरुद्ध 
    आफैले आफैलाई आदेश दिएर 
    काडेतार हटायौं!
    दुस्मनले सैयौं बन्दुक पड्काएर 
    हजारौं योद्धाहरुलाई 
    कसम खुवाएका थिए!
    खुशिले गदगद हुँदै म 
    आफ्नै सभ्यताको माटोमा सुतेको छु।
    अपार माया र सम्मानको बग्गी चढेर 
    रङगिचङ्गी फुलहरु ओडेर 
    तन सुते पनि 
    मन अर्थात आत्मा 
    दुस्मनको पछि पछि कुदिरहेको छ।

    प्रीय सहयोद्दा,
    दुस्मनको मुलसातो मैले खाइसकेको छु।
    उसको मथिङ्गलमा, चर्को मुर्दाबादको
    छाप, ठोकिसकेको छु!
    तिम्रो आवाजले उस्को कान पोल्ने छ! 
    आँगो बनेर सधैं सधैं 
    बाटो छेकिराख्नु
    ऊ हिड्ने गौडाहरुमा, फुलले जस्तै
    पत्थरहरुले स्वागत सत्कार गर्नु।
    आवस्यक परेको बेला 
    बिराटनगर पनि झर्नु
    मेरो चिहानमा छरेको मट्टी 
    प्रदेश संसद, मुख्यमन्त्री र मन्त्रालय तिर पनि छर्नु।

सम्वन्धित समाचार

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …

काठमाडौं, १५ माघ लेखक हीरा लामाको उपन्यास दलदल सार्वजनिक भएको छ । नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको…