• काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिक गजल मुशायरा हुने भएको हो ।

    यही माघ २७ गते बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटको हलमा हुन लागेको गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ दर्जन गजलसाधकहरूको विशेष प्रस्तुति रहने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए । सोही दिन बिहान १० बजेदेखि गजल लेखनसम्बन्धी प्रशिक्षणमूलक कार्यशालाको समेत आयोजना गरिएको आयोजक संस्था वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले बताए ।

    उनका अनुसार सो प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय नेपाली गजल मन्चका अध्यक्ष घनेन्द्र ओझाले प्रशिक्षण प्रदान गर्नेछन् ।

    नेपाल गजल प्रतिष्ठानले यसअघि पनि यस प्रकारका कार्यक्रम गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार झापामा आयोजना गरिएको गजल मुशायरा निःशुल्क हुनेछ । यसअघि काठमाडौंमा एउटा सांगीतिक, अरु तीनवटा तहत र तरुन्नम गजल मुशायरा राष्ट्रिय नाचघरमा आयोजना गरिएको तर उपत्यकाबाहिर यो पहिलो पटक गर्न लागिएको हो । 

    यस कार्यक्रमका लागि बिर्तामोड पुस्तकालय र साहित्य पत्रकार मन्चको सहयोग रहने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …

भद्रगोल किराती   पृय सहयोद्दा साथिहरु, सेवारो! पहिचान, ईतिहास र सभ्यताको  खबरदारी गर्दा…