• २०७४ फागुन २१ सोमबार

    पोखरा ; बिजयपुरमा सवारी दुर्घटना परी दुई जना प्रहरीको जवानको मृत्यु भएको छ।

    आइतबार बेलुकी साँढे दशबजे बागलुङ ; काठमाण्डौं चल्ने संयुक्त यातायातको ग ४ ख ५७५८ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ वडा प्रहरी कार्यलय बैदाममा कार्यरत दुई प्रहरी जवानको मृत्यु भएको हो।

    दुर्घटनामा परी मृत्यु हुने प्रहरी जवानहरुमा प्रदिपकुमार यादव र शुशिल बानिया रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए।

    एसपी सिंहका अनुसार दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पु¥याइएका घाइते प्रहरी जवानहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो।

    उनीहरु बैदाममा कार्यरत थिए,’ एसपी सिंहले भने  ड्युटीकै क्रममा पोखरा आइरहेका जवानलाई काठमाडौंतर्फ जादैं गरेको ओभर स्पिडमा रहेको बसले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको देखिएको छ।

    बस र बसचालक पर्वतका डासु गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

    मृत प्रहरीहरुको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा  राखिएको छ ।

    पोस्टमार्टमपछि उनीहरुको शवलाई परिवारलाई बुझाउने अस्पतालले जनाएको छ  ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…