•  मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको छ । 

    मनहरि गाउँपालिका-४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरिएको हो । सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताउनुभयो । 

    उहाँले  सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभइ उनीहरुलाई आय-आर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्‍याउँदै अघि बढिरहेको बताउनुभयो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको हो ।

    वितरण पश्चात वडा नं ४ वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातीमा आत्मनिर्भर हुने बाटो रहने बताउनुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…