मोरङ । सडक दुर्घट्नामा परी मोरङ पथरीशनिश्चरे १० स्थित मुख्य सडकमा आज (सोमबार) बिहान दुई वटा जंगली चित्तल मरेको छ ।
बिहान करिव साढे १० बजे सवारी साधनको ठक्करबाट करिब ७० किलोको गर्भेनी र अर्को करिव ३० किलोको भाले चित्तल मरेको सब डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवस चौधरीले जानकारी दिए ।
सवारी साधनको ठक्करबाट भुटानी शरणार्थी शिविर र डाँस खोलावीच सडक उत्तरमा मरेको अवस्थामा दुबै चित्तल फेला परेको प्रमुख चौधरीले जानकारी दिए । मरेको चित्तलहरुलाई सव डिभिजन वन कार्यालय परिसरमा सर्जिमिन मुचुल्का उठाएर गाडिएको वन कार्यालयले जनाएको छ । ठक्कर दिने सवारी साधन भने फेला परेको छैन ।