• मोरङ । संघीय लिम्बुवान प्रान्तीय मञ्च मोरङ केराबारीमा मंगलबार भएको भेलाले लिम्बुवान भोलेन्टियर्स गठन भएको छ ।
    एलभी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान प्रान्तीय मञ्च को युवा संगठन हो ।

    भेलाले एलभीको केराबारी इन्चार्जमा कृष्ण नाल्बो लिम्बू, सह इन्चर्जमा गंगा सोताङ राई र बिमल मिभक लिम्बूको नेतृत्वमा ४१ सदस्यीय समिति चयन गरेको छ । समितिको सदस्यहरुमा सम्भू, खगेन्द्र, प्रेम, मदन लिम्बू लगायत रहेका छन् । 

    संघीय लिम्बुवान प्रान्तीय मञ्चको केन्द्रीय संगठन बिभाग प्रमुख तथा एलभी केन्द्रीय सहकमाण्डर गणेश मिभक, संगठनको मोरङ जिल्ला अध्यक्ष जीवन खेला लिम्बू लगायतको उपस्थितिमा एलभी गठन भएको हो । 
    भेलाले केराबारी पहिचानको लागि युवाको संयोजकमा छत्रबहादुर लिम्बूको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरेको एलभी केन्द्रीय कमाण्डर गणेश मिभकले बताए । 

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…