• मोरङ । प्रदेश नं. १ को नाम कोशी राखिएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलनमा छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर दिने ८२ प्रदेश सभा सदस्यहरुलाई कालो झण्डा प्रदर्शन गर्ने लगायतको कार्यक्रम जारी राखेका छन् । 
    आन्दोलनरत पक्षले पार्टीहरु र बिभिन्न संघ, संगठनहरुलाई प्रदेशको नाम कोशी खारेजी नगरेसम्म ८२ जना प्रदेश सभा सदस्यहरुलाई कार्यक्रममा नबोलाउन अनुरोध गर्दै आएका छन् । 
    जबरजस्ति कार्यक्रममा बोलाइए कालो झण्डा प्रदर्शन लगायतको कार्यक्रम हुने आन्दोलनरत पक्षको घोषित कार्यक्रम रहेको छ । 
    यसैवीच सुक्रबार (साउन ५) मोरङ केराबारी—९ नं. वडा कार्यालयले बिभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई वडा सम्मान कार्यक्रम राखेको थियो । 
    आन्दोलनरत पक्षको अनुरोधलाई बेवास्ता गर्दै वडा कार्यालयले मोरङ १ नं. क्षेत्र (ख)बाट निर्वाचित केराबारीकै खड्गबहादुर बस्नेतलाई निम्तो दिएको सार्वजनिक भएपछि संयुक्त संघर्ष समिति केराबारीले विरोध कार्यक्रमको आयोजना गरेको थियो । 
    विरोध कार्यक्रममा केराबारी, सुन्दरहरैचा लगायत क्षेत्रबाट युवाहरु कार्यक्रम स्थल केराबारी—९, घंगरु वडा कार्यालय पुगेका थिए । आन्दोलनरत युवाहरु त्यहाँ पुग्दा वडाको कार्यक्रम भर्खरै सुरु भएको थियो । 
    प्रदेश सभा सदस्य खड्ग बस्नेतलाई कार्यक्रममा बोलाइएपछि किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, पहिचानको आधारमा प्रदेश नं. १ पुन नामकरण अभियान समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी (छ घटक) लगायतका नेता कार्यकर्ताहरु त्यहा पुगेका थिए । 
    केही कार्यकर्ताले प्रदेश सभा सदस्यलाई लगाइदिन तेलमा मुछेको कालो मोसो र जुत्ताको मालासँगै लिएर गएका थिए । सांसद कार्यक्रममा उपस्थिति नभएपछि कालो मोसो र जुक्ताको माला लगाइदिने कार्यक्रम स्थागित भएको युवाहरुले जनाए । 
    कार्यक्रममा प्रहरीको बाक्लो उपस्थित थिए । प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेत बिहान केराबारी तिरै रहेको सूचना भएपनि आन्दोलनरत युवाहरुलाई सम्मान कार्यक्रममा उपस्थित नहुने जानकारी गराइएको थियो । 
    युवाहरु त्यहाँबाट फिर्नै लाग्दा स्वागत मन्तब्यको क्रममा वडा सदस्य सुमन ढकालले कोशी प्रदेशको नाम उच्चारण गरेपछि आन्दोलनरत पक्षले नारा लागउन सुरु गरे । ढकालले स्वागत मन्तब्य नसकिदै आन्दोलनरत युवाहरुले भाषण बन्द गरेर कोशी प्रदेश भनिएको शब्द उच्चारण फिर्ता लिन हुटिङ गरे । 
    नारा जुलुससहित युवाहरु मञ्च तर्फ जान खोज्दा प्रहरीले रोकेका थिए । कार्यक्रमको सभापति केराबारी ९ नं. वडा अध्यक्ष गोपाल राई आएर आन्दोलनरत पक्षलाई सम्झाउने प्रयास गरेपनि आन्दोलनरत पक्षले नारा लगाउदै कोशी बोलेको बारे स्वयम व्यक्तिले फिर्ता लिन दबाब दिएका थिए । 
    कार्यक्रममै समस्या आउने संभावना भएपछि वडा सदस्य सुमन ढकाललाई आयोजकहरुकै तर्फबाट पोडिएममा बोलाएर कोशी बोलिएको शब्द फिर्ता लिन लगाएका थिए । ढकालले कोशी नाम उच्चारण गरेको बोली फिर्ता लिएको घोषणा गर्दै कार्यक्रमभर कोशी शब्द उच्चारण नगरिने प्रतिबद्धता गरेपछि कार्यक्रम अघि बढेको थियो । 
    त्यसपछि आन्दोलनरत युवाहरु भलुवा चोकमा गएर नारा जुलुस र कोण सभा गरेका थिए । कोण सभामा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहेने बताए । 
    आन्दोलन कुनै पार्टी र जाति विरुद्ध नभएर प्रदेशको शान्ति, संमृद्धि, समाजवाद र नयाँ राष्ट्रिय एकताको लागि भएको राईको भनाइ थियो । कोशी नाम नदी नभएर गैर नेपाली, गोत्रीय आधारमा राखिएकोले प्रदेशबासीको सामुहिक भावनाको प्रतिनिधित्व गर्न नसक्ने तर्क प्रस्तुत गरेका थिए । कार्यक्रममा कियाचुको मोरङ जिल्ला अध्यक्ष डम्बर कुरुम्बाङ्ग, यायोक्खा कोषाध्यक्ष सुभद्रा राई, सदस्य युवाराज राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको जिल्ला अध्यक्ष जीवन खेवा लिम्बू लगायतको उपस्थिति रहेको थियो । 
    प्रदेशको पूर्ब मन्त्री समेत रहेका सभा सदस्य भक्ति सिटौला आउने प्रचार भएपछि असार ३० गते मोरङकै बिराटचोकमा आन्दोलनरत पक्ष यसैगरी जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । आन्दोलनरत पक्षको विरोध कार्यक्रम हुनेभएपछि सांसद सिटौला कार्यक्रम स्थल आएनन् । 


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …