• मोरङ । डेंगु संक्रमण बढ्न थालेपछि मोरङको पथरीशनिश्चरेमा लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु भएको छ  । 
    पथरीशनिश्चरे—१ नं. वडा कार्यालयको आयोजनामा आज विहानदेखि अभियान सुरु भएको हो । ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग गर्ने गर्दछ । 
    यो रोग लागेमा अत्याधिक ज्वरो आउने, कमर दुख्ने, कमजोर महसुस हुने र समयमा उपचार नपुगे ज्यानै जानेसम्म खतराहुने स्वास्थ्य कर्मीहरुको भनाइ छ । 
    डुेंगु संक्रमणको संख्या बढ्दै गएपछि रोगबाट बचाउन पथरीशनिश्चरे १ नं. वडा कार्यालयले लामखुट्टे ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु गरेको हो । वडा अध्यक्ष भिम राईको नेतृत्वमा पानी जम्ने ठाउँहरु हटाउनुको साथै लामखुट्टै विरुद्धको औषधी स्प्रे गरेका हुन् । 
    अभियानमा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी लक्ष्मी भण्डारी, पञ्चायन माविको प्रधानाध्यापक अर्जुन बुढाथोकी, सुनाखरी मावि व्यबस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राई बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, वडा सदस्य शुरेस र पूर्ण कार्की, पथरी बहुमुखी क्याम्पस स्ववियु सभापति केशर राई लगायतको सहभागिता रहेको थियो । 
    नगरमा डेंगु लागेका विरामी सय जना नाघेपछि नगरले लामखुट्टै विरुद्धको औषधी वितरण, यस विरुद्ध जनचेतना फैलाउनुको साथै अभियान सुरु गरेको हो । 
    लामखुट्टेबाट बञ्च शरीर छोप्ने गरी लामो लुगा लगाउनुपर्ने, झुल लगाएर सुत्ने, घर वरिपरी पानी जम्न नदिने र सरसफाइमा ध्यान दिनुपर्ने पथरीशनिश्चरे नगरका स्वास्थ्य बिभाग प्रमुख मुरारी आचार्यले बताउनु भयो । 
    नेपालमा डेंगु संक्रमण दुई हजारबाट बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । संक्रमण अशोजसम्म रहने भएको हुँदा सुरक्षा अपनाउन आव्हान गरिएको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…