•  मोरङ । भुजेल महिला समाज सेवा समिति र युवा समाज सेवा समितिको नयाँ नेतृत्व चयन गर्दै शनिबार संयुक्त रुपमा मोरङ जिल्ला अधिवेशन समापन भएको छ । 
    अधिवेशनले भुजेल महिला समाज सेवा समितिको अध्यक्ष मिना भुजेल सर्वसहमत चयनगरेको छ । त्यसैगरी उपाध्यक्ष रेखा भुजेल, सचिवमा मञ्जु भुजेल, सहसचिवमा अनिता भुजेल, कोषाध्यक्षमा कल्पना भुजेल र सदस्यहरुमा मन्दिरा, बिमला, अनु भजुेल,  केन्जल भुजेल सर्वसहमत चयन गरेको हो । मिना भुजेल नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको कोषाध्यक्ष हुन् । 
    त्यसैगरी भुजेल युवा समाज सेवा समितिको अध्यक्षमा बिनोद भुजेललाई चयन गरेको छ । उपाध्यक्षमा पुष्कार भुजेल, सचिवमा पुष्प भुजेल, सहसचिवमा उषा र कोषाध्यक्षमा खगेन्द्र भुजेल, सदस्यहरुमा दिपेश, अञ्जनी, रोशन भुजेललाई सर्वसहमत चयन गरेको हो । 
    भुजेल समाज सेवा सम्वनय समिति मोरङको संयोजनमा भएको कार्यक्रममा भुजेल समुदायका पथरीशनिश्चरे नगरका जेष्ठ नागरिक चन्द्रमाया खवास, दुर्गा बहादुर भुजेल, टिकाराम भुजेल र भद्रमाया भुजेललाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी सिटी सफारी चलाएर जिविको पार्जन गर्दै आएकी कानेपोखरी गाउँपालिका निबासी अन्जना भुजेललाई नगदसहित दोसल्लाह ओढाएर सम्मान गरिएको थियो ।
    कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्ले, विशिष्ट अतिथि भुजेल समाज सेवा केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल र उपाध्यक्ष केशर खवासले दोसल्लाह ओढाएका थिए । 
    कार्यक्रममा पथरीशनिश्चरे नगर वडा नं. १ का अध्यक्ष भिम राई, भुजेल सेवा समितिका केन्द्रिय सहकोषाध्यक्ष तिर्थ भुजेल, केन्द्रिय सदस्य भुपाल खवास लगायतको उपस्थिति रहेको थियो । 

    तिजको अवसरमा चेलिबेटी भेटघाटसमेत गरिएको जिल्ला अधिवेशनमा मोरङको बिभिन्न स्थानबाट प्रतिनिधि सहभागि भएको भुजेल समाज सेवा सम्वय समिति जिल्ला सचिव युवराज भुजेलले जानकारी दिए ।
    २०७८ को जनगणनामा भुजेल जातिको जनसंख्या १ लाख २० हजार ४ सय ६१ रहेको उल्लेख छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…